काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेन्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबिच भेटघाट भएको छ । बुधवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गर्नुभएको हो । नेपाल सुपर लिग हेर्न मंगलबार नेपाल आउनुभएका ब्राजिलियन लेजेन्ड फुटबल खेलाडी कार्लोस र प्रधानमन्त्री ओलीबिचको भेटमा नेपालमा खेलकुद क्षेत्रको उन्नयनका बारेमा छलफल भएको छ । ५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेल्नुभएको थियो । कार्लोस शुक्रवार नै नेपाल आउने कार्यक्रम रहेपनि स्वास्थ्य अवस्थाका कारण आउन सक्नुभएको थिएन। ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्वपूर्ण खेलाडी हुनुहुन्थ्यो ।