धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

Published on

काठमाडौँ । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ । धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका–८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ सुकुटी खोलामाथि पक्की पुल निर्माणको थालिएको हो । पुल निर्माणका लागि रु तीन करोड १५ लाखमा गत पुसमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । जोनापुर खोलाको पुल ५० प्रतिशत बनेको छभने सुकुटी खोलामा धमाधम पिलर उठाइँदै छ ।

आयोजना कार्यालयलका अनुसार १३ किलोमिटर सडक कालोपत्र भएको छ । विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको ‘ट्रयाक’ खोलिएको हो । पहिलो चरणमा खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर र स्याउले– धनगढी १० किलोमिटर सडकको सर्भे भएको थियो । धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्टट्रयाक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माणमा विलम्ब भएको छ । रासस

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...