जहाज दुर्घटना हुदाँ थाइल्यान्डका पाँच प्रहरी अधिकारीको मृत्यु

Published on

काठमाडौँ । थाइल्यान्डको रिसोर्ट सहर नजिकै शुक्रबार प्यारासुट प्रशिक्षण अभ्यासका क्रममा एउटा सानो विमान समुद्रमा दुर्घटनाग्रस्त हुँदा पाँच थाई प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । बैंककको दक्षिणमा रहेको प्राचुआप खिरी खान प्रान्तको तटमा बिहान ८ बजे (०१०० जिएमटी) दुर्घटना भएको हो । प्रहरी प्रवक्ता आर्केयोन क्रेथोङले जहाजमा रहेका छ जना अधिकारीमध्ये पाँच जनाको मृत्यु भएको र छैटौँ गम्भीर घाइते भएर अस्पतालमा रहेको बताउनुभयो । अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन विमानको ब्ल्याक बक्स डाटा रेकर्डरको जाँच गरिरहेका छन् ।

राजधानीबाट एक सय ३० किलोमिटर (८० माइल) दक्षिणपश्चिममा सप्ताहन्तमा लोकप्रिय यात्रा स्थल चा–आम जिल्लाको किनारबाट करिब एक सय मिटर तल विमान खसेको स्थानीय मिडियाले जनाएको छ । सामाजिक सञ्जालमा सेयर गरिएको फुटेजमा विमान समुद्रमा खस्नुअघि घुमाउरो हुँदै गएको र मानिसहरू घटनास्थलमा पुग्न छातीसम्मको पानीबाट हिँडिरहेको देखाइएको छ । प्रहरी प्रमुख कित्रात फानफेटले पूर्ण अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “रोयल थाई प्रहरीले आफ्नो ज्यान गुमाउने बहादुर अधिकारीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ”, विज्ञप्तिमा भनिएको छ । रासस/एएफपी

spot_img

ताजा समाचार

साढे चार लाखको टिमुरसहित एक पक्राउ

काठमाडौं । अवैधरुपमा ओसारपसार गर्दै गरेको चार क्विन्टल ६२ किलोग्राम जडिबुटि टिमुरसहित एक जना...

थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियाली विस्थापित

काठमाडौं । थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियाली आफ्नो आश्रय स्थल...

बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु

काठमाडौं । बङ्गलादेशमा यस वर्ष डेङ्गुको प्रकोपका कारण ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य...

पृथ्वीराजमार्ग विस्तार : मौरीबासमा कालोपत्र भएसँगै यात्रा सहज

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ...