सप्तरीमा बस दुर्घटना : तीन जनाको मृत्यु, २२ घाइते

Published on

काठमाडौँ । सप्तरीको कञ्चनपुर नगरपालिका–१० बदगामास्थित पूर्व पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र. १–०१–००१ ख. ३४२० नं. को यात्रु बाहक बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा अन्य २२ जना घाइते भएका छन् । दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । उहाँहरूको पहिचान खुल्न सकेको छैन । त्यस्तै दुर्घटनामा गम्भीर घाइते हुनुभएको जिल्लाको सप्तकोशी नपा १ का ७५ वर्षीय रत्नबहादुर मगरातीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

यसैगरी, जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. १ बस्ने अन्दाजी २१ वर्षीया सुबेता दाहाल, सोही ठाउँका २६ वर्षीया चेतना भट्टराई, ४० वर्षीया सविता थापा, ३० वर्षीया सुष्मा विष्ट, ७० वर्षीया पवित्रा घाइते हुनुभएको छ । साथै मगराती वडा नं २ का ४४ वर्षीय विजय विक, जिल्लाकै महदेवा गाउँपालिका वडा नं २ का ५० वर्षीया विमलादेवी ठाकुर, झापाका मनोज भट्टराई, मीना भट्टराई र उदयपुर चौडढडी नगरपालिका ५ बस्ने अन्दाजी ५९ वर्षीया कमला भुसाल दुर्घटनामा घाइते हुनुभएको छ ।

यसैगरी, सुनसरी वराहक्षेत्र नगरपालिका ६ का ३५ वर्षीय भरत यादव, जिल्लाकै हनुमाननगर कङ्कालिनी नगरपालिका–३ का १९ वर्षीय महमद असलम, वडा नम्बर ७ का ३७ वर्षीय वीरेन्द्र ठाकुर, उदयपुर चौदण्डी गाउँपालिका–९ का २६ वर्षीय नरमाया मगर, जिल्लाकै बेल्टार नगरपालिका–९ का ६० वर्षीया मयादेवी थापा घाइते हुनुभएको इलाका प्रहरी कार्यलयका प्रहरी प्रमुख एवम् डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभएको छ । घाइतेहरूको स्थानीय धर्मेश्वर र नगर अस्पतालमा तथा विराटनगरस्थित अस्पतालहरूमा उपचार भइरहेको छ । ३५ जना सवार रहेका बसका चालक झापा मेचीनगर नपा ७ बस्ने ४७ वर्षीय अमृत दर्जी र बसलाई इलाका प्रहरी कन्चनपुरले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतकहरूको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पोस्टमार्टमका लागि ल्याइएको छ र घटनाको थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...