सप्तरीमा बस दुर्घटना : तीन जनाको मृत्यु, २२ घाइते

Published on

काठमाडौँ । सप्तरीको कञ्चनपुर नगरपालिका–१० बदगामास्थित पूर्व पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र. १–०१–००१ ख. ३४२० नं. को यात्रु बाहक बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा अन्य २२ जना घाइते भएका छन् । दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । उहाँहरूको पहिचान खुल्न सकेको छैन । त्यस्तै दुर्घटनामा गम्भीर घाइते हुनुभएको जिल्लाको सप्तकोशी नपा १ का ७५ वर्षीय रत्नबहादुर मगरातीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

यसैगरी, जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. १ बस्ने अन्दाजी २१ वर्षीया सुबेता दाहाल, सोही ठाउँका २६ वर्षीया चेतना भट्टराई, ४० वर्षीया सविता थापा, ३० वर्षीया सुष्मा विष्ट, ७० वर्षीया पवित्रा घाइते हुनुभएको छ । साथै मगराती वडा नं २ का ४४ वर्षीय विजय विक, जिल्लाकै महदेवा गाउँपालिका वडा नं २ का ५० वर्षीया विमलादेवी ठाकुर, झापाका मनोज भट्टराई, मीना भट्टराई र उदयपुर चौडढडी नगरपालिका ५ बस्ने अन्दाजी ५९ वर्षीया कमला भुसाल दुर्घटनामा घाइते हुनुभएको छ ।

यसैगरी, सुनसरी वराहक्षेत्र नगरपालिका ६ का ३५ वर्षीय भरत यादव, जिल्लाकै हनुमाननगर कङ्कालिनी नगरपालिका–३ का १९ वर्षीय महमद असलम, वडा नम्बर ७ का ३७ वर्षीय वीरेन्द्र ठाकुर, उदयपुर चौदण्डी गाउँपालिका–९ का २६ वर्षीय नरमाया मगर, जिल्लाकै बेल्टार नगरपालिका–९ का ६० वर्षीया मयादेवी थापा घाइते हुनुभएको इलाका प्रहरी कार्यलयका प्रहरी प्रमुख एवम् डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभएको छ । घाइतेहरूको स्थानीय धर्मेश्वर र नगर अस्पतालमा तथा विराटनगरस्थित अस्पतालहरूमा उपचार भइरहेको छ । ३५ जना सवार रहेका बसका चालक झापा मेचीनगर नपा ७ बस्ने ४७ वर्षीय अमृत दर्जी र बसलाई इलाका प्रहरी कन्चनपुरले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतकहरूको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पोस्टमार्टमका लागि ल्याइएको छ र घटनाको थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...