कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिकमन्त्री थापालाई

Published on

कामठाडौँ । सुदूरपश्चिमको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्हाल्नु भएको छ । आजबाट भारत भ्रमणमा जानुभएका मुख्यमन्त्री कमलबहादुर शाहले आफू भारतमा रहँदासम्मका लागि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिनु भएको हो । बजेट तयारीको सङ्घारमा भारतमा भ्रमणमा निस्कनु भएका शाहले यो बेला आफ्नो भारत भ्रमणले बजेट तयारीमा असर नपर्ने बताउनुभयो । “कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी मैले आर्थिक मन्त्रीलाई नै सुम्पेकाले बजेटको तयारीमा कुनै समस्या हुँदैन” उहाँले भन्नुभयो । भारत सरकारको आमन्त्रणमा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । टोलीले एक हप्तासम्म दिल्ली, देहरादुन र लखनऊमा बिताउने बताइएको छ । भ्रमणको क्रममा मुख्यमन्त्री शाहले दिल्लीमा सङ्घीय मन्त्रीहरू, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...