कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिकमन्त्री थापालाई

Published on

कामठाडौँ । सुदूरपश्चिमको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्हाल्नु भएको छ । आजबाट भारत भ्रमणमा जानुभएका मुख्यमन्त्री कमलबहादुर शाहले आफू भारतमा रहँदासम्मका लागि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिनु भएको हो । बजेट तयारीको सङ्घारमा भारतमा भ्रमणमा निस्कनु भएका शाहले यो बेला आफ्नो भारत भ्रमणले बजेट तयारीमा असर नपर्ने बताउनुभयो । “कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी मैले आर्थिक मन्त्रीलाई नै सुम्पेकाले बजेटको तयारीमा कुनै समस्या हुँदैन” उहाँले भन्नुभयो । भारत सरकारको आमन्त्रणमा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । टोलीले एक हप्तासम्म दिल्ली, देहरादुन र लखनऊमा बिताउने बताइएको छ । भ्रमणको क्रममा मुख्यमन्त्री शाहले दिल्लीमा सङ्घीय मन्त्रीहरू, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...