क्षयरोगमुक्त पालिका घोषणा गर्न सुरुङ्गामा रोगीको पहिचान र उपचार सुरु

Published on

काठमाडौँ । सप्तरीको सुरुङ्गा नगरपालिकाले क्षयरोगमुक्त पालिका घोषणा गर्ने तयारी स्वरुप रोगीको पहिचान र उपचार अभियानको सुरुवात गरेको छ । नगरपालिकाले मङ्गलबारदेखि निःशुल्क क्षयरोग पहिचान र उपचार गर्न ‘एकटिभ केश डिटेक्सन कार्यक्रम’ सञ्चालन गरी क्षयरोगमुक्त पालिका बनाउने तयारी स्वरुप अभियानको सुरुवात गरेको हो । सुरुङ्गा नगरपालिकाको नीति तथा कार्यक्रमा क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य अनुसार क्षयरोग भएका रोगीको पहिचान र उपचारका लागि निःशुल्क ‘एकटिभ केश डिटेक्सन कार्यक्रम’ सञ्चालन गरिएको नगरप्रमुख गीता चौधरीले जानकारी दिनुभयो । उहाँले पालिकाको तीन स्थानमा सेन्टर तोकेर प्रत्येक सेन्टरमा एक दिन गरी तीन दिनसम्म रोगीहरुको पहिचान गर्ने काम थालिएको र क्षयरोगको लक्षण देखिएका रोगीलाई निःशुल्क उपचार गरेर २०८३ सम्म क्षयरोगमुक्त पालिका घोषणा गरिने बताउनुभयो ।

“क्षयरोग परीक्षण गराउनका लागि पालिकाको ११ वटै वडाका नागरिकलाई पायक पर्ने गरी तीन वटा सेन्टर तोकिएको छ । त्यहाँ हुने परीक्षणबाट क्षयरोग देखापरेको व्यक्तिलाई ६ महिनासम्म औषधी खुवाएर निको पारी अनि क्षयरोगमुक्त पालिका घोषणा गर्नेछौं” नगरप्रमुख चौधरीले भन्नुभयो । गाउँघरका सेवाग्राहीमा क्षयरोग देखियो भने के हुन्छ ? गाउँ समाजले अपहेलित गर्छ कि रु बरु रोग नै पचाएर जाँउ भन्ने घारणा भएका कारण केही व्यक्तिले जाँच गराउन डराएको भन्नुहुँदै उहाँले पालिकाको सबै नागरिकलाई जाँच गराएर सुरुङ्गा नगरपालिकालाई क्षयरोगमुक्त पालिका घोषणा गर्नमा सहयोग गर्न अपिल गर्नुभयो । क्षयरोग निवारण केन्द्र भक्तपुर र मधेश प्रदेश सरकार समेतको प्राविधिक सहयोगमा सुरुङ्गा नगरपालिकाको आयोजनामा मङ्गलबार वडा नम्बर २ स्थित जनता मावि भेडिया, बुधबार वडा नम्बर ५ स्थित मसिलाल जनता मावि कुशहा र बिहीबार वडा नम्बर ८ स्थित घाँती बजारमा गरी तीनवटा सेन्टरमा ‘एकटिभ केश डिटेक्सन कार्यक्रम’ सञ्चालन हुने सुरुङ्गा नगरपालिकाले जनाएको छ ।

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...