पाहुना कुर्दै रेमी सामुदायिक होमस्टे

Published on

कामठाडौँ । उत्तरमा सेता हिमाल छ । समथर रेमी गाउँमा टम्म परेको घर छन् । शान्तिपुर बजारबाट निस्कएपछि नजिकैको रेमी गाउँ पुगिन्छन् । रेमीको थाप्लोमा आर्कषक टिमुरे ताल छ । चन्द्रकोट गाउँपालिका –४ को रेमी गाउँमा राना मगर, पुन, श्रीस र नेवारलगायतका करिव डेढसय जनजाति समुदाय बस्दैआएका छन् । पर्यटक मनोरञ्जनकै लागि होमस्टे पुग्छन् । पर्यटकलाई खानपान, बसाई र कला संस्कृतिले नै आकर्षित गर्ने हो । त्यसमा रेमी गाउँ अब्बल छ । रेमी गाउँमा सालैजो, सोरठी, सुनिमाया र यानीमाया प्रख्यात छन् । टिमुरेको नजिकको रेमी गाउँमा टिमुरको चट्नी, साँधेको अचार, मकै, भट्ट, फापर, कोदोको रोटी र लोकल कुखुराको रससँग रम्न पाइन्छ । नजिकका शान्तिपुर बजार र टिमुरे तालका कारण होमस्टेको भविष्य राम्रो छ ।

त्यसका लागि समुदायकै सकारात्मक भावना आवश्यक रहेको होमस्टे सञ्चालक गौकुमारी पुनले बताउनुभयो । स्थानीय परिकार निर्माण, स्वागत सत्कारसँगै व्यावस्थापकीय पक्षमा तालिम पाएका दिदिबहिनीहरु होमस्टेका सञ्चालनको लागि उत्साहित भएको पुनले बताउनुभयो । रेमीको टिमुरे सामुदायिक होमस्टे २०७६ सालमै सञ्चालन भएको हो । तर, निरन्तरताको चुनौतीका कारण लयमा थिएन् । धेरै गाउँहरु बसाइ–सराइँले खाली हुँदै गएका बेला रेमीमा प्रभाव खासै छैन् । प्राकृतिक रुपमा आकर्षक टिमुरे तालको नजिकै पर्ने भएकाले होमस्टेलाई जोडेर पर्यटकीय आकर्षण बढाउन खोजिएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो । रेमीमा होमस्टे सञ्चालन भएको धेरै बर्ष भइसक्यो । तर, धेरै ठाउँमा निरन्तरताको चुनौती छ ।

अहिले स्थानीय समूहलाई सवलीकरण गरेर अगाडि बढाउन सात दिनको तालिम समेत सञ्चालन भएकाले आगामी दिनमा सबैखाले सहजीकरण गर्ने केसीले बताउनुभयो । टिमुरे तालको पहिचान स्थापित गर्न, गाउँको उत्पादन र कला संस्कृतिको संरक्षण गर्न रेमी गाउँमा टिमुरे सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । पहाडको टुप्पोमा पर्यटकीय क्षेत्र टिमुरे र नजिकै शान्तिपुर बजार भएकाले पर्यटकको रोजाइमा होमस्टे पर्ने भएकाले महिलाहरु कस्सिएका छन् । पहाडको काखको समथर रेमीगाउँ वातावरणीय दृष्टिले रमणीय छ । जिल्लाको थुप्रै पर्यटकीय क्षेत्र नेताका भाषणमा मात्र सीमित छन् । त्यस्ता क्षेत्रको समयमै संरक्षण, विकास र प्रचार–प्रसार नहुँदा कैयौँ आम्दानी गुम्दै गएका छन् । प्रकृतिले निःशुल्क दिएका अनुपम उपहारको सही सदुपयोग गर्ने बिषयमा पनि तीनै तहका सरकारसँग सोच र खोजको खडेरी छ । अहिले धेरै गाउँ र ठाउँ बसाइसराइले संकटमा छ ।

गाउँको बसाइसराई कम गर्न होमस्टे सञ्चालनको योजना चन्द्रकोट गाउँपालिकाको रहेको छ । गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रममार्फत रेमी सामुदायिक होमस्टेमा तालिम सञ्चालन गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी दिनुभयो । होमस्टेमा पुर्वाधार र सामग्री पहिले नै सहयोग भएकाले नेपाल पर्यटन तथा होटल व्यावस्थापन प्रतिष्ठानसँग समन्वय गरेर तालिम प्रदान गरिएको पौडेलले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...