रारामा पर्यटकलाई धर्मशाला निर्माण

Published on

काठमाडौँ । मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई रारामा पर्टकलाई आध्यात्मिक ज्ञान र बस्नका लागि धर्मशाला निर्माण भएको छ । राराको छाब्रु महादेव मन्दिर परिसरमा धर्मशाला तयार गरिएको हो । जिल्लाका आध्यात्मिक वात्तीको लगानीमा दुई लाख पचास हजार रुपियाँको लगानीमा धर्मशाला, निर्माण गरिएको आध्यात्मिक विर्षबहादुर रोकायाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रारामा आउने धेरैजसो आन्तिक र विदेशी पर्यटकले धर्मशालामा बास बस्नलाई खोज्दै आउने भएकाले रारामा धर्मशाला नभएको हुँदा पर्यटकका सहजका लागि हामी स्थानिय व्यक्तीहरूको सहयोगी हातले धर्मशाला निर्माण गरिएको हो ।”

कर्णाली प्रदेशकै प्रमुख पर्यटकिय स्थल रारा ताल धार्मिक स्थल भएकोले रारा आउने पर्यटकले आध्यात्तमिक ज्ञान लिन र पर्यटकलाई बस्नकालागि सहज होस् भन्ने उदेश्यले राराको प्रसिद्ध शक्तिपीठ छाब्रु महादेव मन्दिर प्रसिरमा धर्मशाला निर्माण गरिएको रोकायाले भन्नुभयो । रारा छाब्रु महादेवको परिसरमा निर्माण भएको धर्मशाला आइतबारदेखि सञ्चालनमा आएको छ । रारा आउने पर्यटकले बसोवासका लागि होटल र गाउँ खोज्नु पर्ने बाध्यता हटेको आध्यात्मिक ज्ञानप्रशासद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “आफूले विगतका वर्षहरूदेखि रारामा पर्यटकको सहजका लागि धर्मशाला निर्माणका लागि कर्णाली प्रदेशको सरकार र जिल्लाका स्थानीय निकायहरूसँग बेलाबखत समन्वय गरेपनि सरकारले हामी आध्यात्मिक वात्तीको कुरा सुनुवाइ नभएपछि हामी आठजनाले चन्दा उठाएर धर्मशाला निर्माण गरेका हौं ।”

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...