कुमार सागर र ख्वपा ब्यान्डको ऐतिहासिक अष्ट्रेलिया टुर सम्पन्न

Published on

काठमाडौँ । गायक कुमार (कुमा) सागर र ख्वपा ब्यान्डको सांगीतिक अष्ट्रेलिया भ्रमण सम्पन्न भएको छ। अष्ट्रेलियाको सिड्नीमा रहेको वाइएनवाइ इभेन्टसद्वारा आयोजित सांगीतिक कार्यक्रम हावाको लहरसँगै अस्ट्रेलिया टुर २०२५ नाम दिइएको थियो।उक्त टुर अष्ट्रेलियाका ब्रिसबेन, क्यानबेरा, होबार्ट र पर्थ हुँदै अन्तिम शो मेलबर्नमा पुगेर सम्पन्न भएको हो। अष्ट्रेलियाकै सबैभन्दा पुरानो हेरिटेज पर्फर्मेन्स भेन्यू सिड्नीको न्यूटाउनमा अवस्थित प्रतिष्ठित एनमोर थिएटरमा सम्पन्न सांगीतिक प्रस्तुति दिने पहिलो नेपाली गायक बन्न सफल बन्नुभएको छ कुमार सागर। उक्त कार्यक्रमलाई वाएनवाइ इभेन्टसकी प्रबन्ध निर्देशक प्रज्ञा अमात्य भण्डारीले ऐतिहासिक मात्र नभएर, सिड्नीमा भएका अहिलेसम्मकै कुनै पनि नेपाली कलाकारको सबैभन्दा यादगार प्रस्तुतिमा गणना गर्न मिल्ने बताउनुभयो।

कुमार सागर न्यू साउथ वेल्स राज्य सरकारद्वारा सन्चालित संग्राहलय ‘आर्टस् ग्यालेरी अफ न्यू साउथ वेल्स’ मा लाइभ रेकर्डिङ दिएर अष्ट्रेलियाको अन्तर्राष्ट्रिय कला संग्रहमा नेपाली गीतसंगीत प्रदान गर्नुहुने पहिलो नेपाली गायक बन्न पनि सफल हुनुभएको छ। वाइएनवाइ इभेन्टसको प्रयासले सम्भव गराएको उक्त अवसर बारे प्रबन्ध निर्देशक अमात्यले नेपाली कार्यक्रम आयोजना गर्दा अस्ट्रेलियाका स्थानीयलाई पनि सम्मिलित गराउन पाउँदा नेपालको कला र संस्कृतिको प्रवर्द्धन भएको बताउनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...