कुमार सागर र ख्वपा ब्यान्डको ऐतिहासिक अष्ट्रेलिया टुर सम्पन्न

Published on

काठमाडौँ । गायक कुमार (कुमा) सागर र ख्वपा ब्यान्डको सांगीतिक अष्ट्रेलिया भ्रमण सम्पन्न भएको छ। अष्ट्रेलियाको सिड्नीमा रहेको वाइएनवाइ इभेन्टसद्वारा आयोजित सांगीतिक कार्यक्रम हावाको लहरसँगै अस्ट्रेलिया टुर २०२५ नाम दिइएको थियो।उक्त टुर अष्ट्रेलियाका ब्रिसबेन, क्यानबेरा, होबार्ट र पर्थ हुँदै अन्तिम शो मेलबर्नमा पुगेर सम्पन्न भएको हो। अष्ट्रेलियाकै सबैभन्दा पुरानो हेरिटेज पर्फर्मेन्स भेन्यू सिड्नीको न्यूटाउनमा अवस्थित प्रतिष्ठित एनमोर थिएटरमा सम्पन्न सांगीतिक प्रस्तुति दिने पहिलो नेपाली गायक बन्न सफल बन्नुभएको छ कुमार सागर। उक्त कार्यक्रमलाई वाएनवाइ इभेन्टसकी प्रबन्ध निर्देशक प्रज्ञा अमात्य भण्डारीले ऐतिहासिक मात्र नभएर, सिड्नीमा भएका अहिलेसम्मकै कुनै पनि नेपाली कलाकारको सबैभन्दा यादगार प्रस्तुतिमा गणना गर्न मिल्ने बताउनुभयो।

कुमार सागर न्यू साउथ वेल्स राज्य सरकारद्वारा सन्चालित संग्राहलय ‘आर्टस् ग्यालेरी अफ न्यू साउथ वेल्स’ मा लाइभ रेकर्डिङ दिएर अष्ट्रेलियाको अन्तर्राष्ट्रिय कला संग्रहमा नेपाली गीतसंगीत प्रदान गर्नुहुने पहिलो नेपाली गायक बन्न पनि सफल हुनुभएको छ। वाइएनवाइ इभेन्टसको प्रयासले सम्भव गराएको उक्त अवसर बारे प्रबन्ध निर्देशक अमात्यले नेपाली कार्यक्रम आयोजना गर्दा अस्ट्रेलियाका स्थानीयलाई पनि सम्मिलित गराउन पाउँदा नेपालको कला र संस्कृतिको प्रवर्द्धन भएको बताउनुभयो।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...