ट्रयाक खुलेको दुई दशकपछि गणेशघुम्ती–निरयघाट सडक कालोपत्र

Published on

काठमाडौँ । बागलुङ नगरपालिका १ को गणेशघुम्तीदेखि निरयघाट जोड्ने एक किलोमिटर ६ सय मिटर सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । ट्रयाक खुलेको दुई दशकपछि बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत गणेशघुम्ती–निरयघाट सडक स्तरोन्नतिसहित कालोपत्र गर्न सुरु गरेको हो । सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रको काम सुरु भएको आशिष फेवा संयुक्त निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । एक किलोमिटर ६ सय मिटर लम्बाइको सडकलाई ८ देखि १० मिटरसम्म चौडा बनाइएको र साढे पाँच मिटरमा अस्फल्ट प्रविधिको कालोपत्र गरिने छ ।

सडक कालोपत्र भएपछि जीर्ण सडकका कारण वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती हट्ने भन्दै माझीबस्तीका बलबहादुर माझीले खुसी व्यक्त गर्नुभयो । सडक खुलेको दुई दशकसम्म स्तरोन्नति नहुँदा सास्ती भोग्दै आएका मलामीलाई राहत मिल्ने छ । दैनिकजसो कालीगण्डकी नदीमा स्नान गर्न पुग्ने नागरिकलाई पनि सहज हुने छ । कालोपत्र सडकले गणेशघुम्तीका किसानले उत्पादन गर्ने तरकारीको बजारीकरणमा सहज हुनेछ । त्यस बाहेक बागलुङका अधिकांश नागरिकको मृत्युपछिको दाहसंस्कार गर्ने काममा निरयघाट पुग्न सजिलो हुने छ । निरयघाट सडक स्तरीय बन्दा वृद्दाश्रम, निर्माणाधिन मानवसेवा आश्रममा सामाग्री ढुवानीमा पनि सजिलो हुने छ ।

यस्तै, बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत आगामी असार मसान्तभित्र सक्ने गरी वडा नं. ७ को मुलपानीदेखि तितौरे सम्मको साँढे ८ किमी र ओडारचौरदेखि ढोडेनी सम्मको साँढे २ किमी सडक निर्माण गरिरहेको हो । ओढोरचौर–ढोडनी सडकमा बेस बिछ्याउने काम सकिएर सब–बेस बिछ्याउने काम सुरु भएकाले माझीबस्ती–निरयघाट कालोपत्रे सकिएलगत्तै सो सडकमा कालोपत्रको काम हुने इन्जिनियर शर्माले जानकारी दिनुभयो । यो सडकमा स्ट्रक्चर तर्फको सबै काम सकिएको छ भने मुलपानीदेखि तितौरे जोड्ने सडकको दुई किलो मिटर खण्डमा नाली र पर्खाल निर्माणको काम चलिरहेकोले समयमै काम सकिने शर्माले बताउनुभयो ।

विश्व बैँकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाले ४८ करोडमा उक्त सडक निर्माण गरेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । ‘हामीले स्ट्रक्चरको काम सकेका छौं, कतिपय स्थानमा सब बेस पनि बिच्छ्याई सक्यौं, नाली निर्माण र पर्खाल लगाउने काम अन्तिम चरणमा छ,’ शर्माले भन्नुभयो, ‘तोकेकै समयमा काम सक्ने लक्ष्य छ ।’ यसअघि विश्व बैँककै सहयोगमा बागलुङको वडा नं. ४ उपल्लाचौरदेखि वडा नं. ६ सम्मको झण्डै ७ किलोमीटर सडक कालोपत्र भैसकेको छ ।

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...