तमाखु सल्काउँदा जल्यो टहरा

Published on

काठमाडौँ । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–७ सहरे गाउँको एक टहरामा आगलागी भएको छ । सोमबार बिहान स्थानीय फौदे बुढाथोकीको टहरामा आगलागी हुँदा पशुचौपाया, अन्नपात, भाँडाबर्तन, लत्ताकपडा र नगद समेत जलेर नष्ट भएका छन् । सानीभेरी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुलबहादुर बुढाका अनुसार आगलागीबाट टहरासहित दुई लाख बढीको क्षति भएको छ । उहाँका अनुसार आगलागीमा परेर टहरासहित दुई वटा बाख्रा, दुई बोका, एक भेडा, तीन कुखुरा र एक कुकुर जलेर नष्ट भएका छन् । यसका साथै टहरामा रहेका सम्पूर्ण मकै, गहुँ, चामल लगायतका अन्नपात, लत्ताकपडा, भाँडाकुडा खरानी भएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

आगलागी हुँदा सात हजार पाँच सय नगद समेत जलेको छ । फौदे बुढाथोकीको कपडामा रहेको दुई हजार र उहाँको श्रीमतीले काफल बेचेर साँचेको पाँच हजार रुपियाँ टहरासँगै जलेको वडाध्यक्ष बुढाले उल्लेख गर्नुभयो । आगलागीमा परेर एक भैसी र एक गोरु घाइते भएका छन् । छिमेकीहरूले गोरु र भैंसीको उद्धार गरेर जोगाएको तर गम्भीर घाइते अवस्थामा रहेको बताइएको छ । तमाखु (कक्कर) सल्काउने बेला टहरा नजिक रहेको खरको भागमा आगो सल्लेको र टहरामा सल्केर आगलागी हुन गएको वडाध्यक्ष बुढाले बताउनुभयो । आगलागीबाट मानविय क्षति भने भएको छैन । स्थानीयले आगो नियन्त्रणमा ल्याएका छन् । उक्त टहरा (अस्थायी आवास) भूकम्प पनि सरकारले दिएको अनुदानको रकमले निर्माण गरिएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...