तमाखु सल्काउँदा जल्यो टहरा

Published on

काठमाडौँ । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–७ सहरे गाउँको एक टहरामा आगलागी भएको छ । सोमबार बिहान स्थानीय फौदे बुढाथोकीको टहरामा आगलागी हुँदा पशुचौपाया, अन्नपात, भाँडाबर्तन, लत्ताकपडा र नगद समेत जलेर नष्ट भएका छन् । सानीभेरी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुलबहादुर बुढाका अनुसार आगलागीबाट टहरासहित दुई लाख बढीको क्षति भएको छ । उहाँका अनुसार आगलागीमा परेर टहरासहित दुई वटा बाख्रा, दुई बोका, एक भेडा, तीन कुखुरा र एक कुकुर जलेर नष्ट भएका छन् । यसका साथै टहरामा रहेका सम्पूर्ण मकै, गहुँ, चामल लगायतका अन्नपात, लत्ताकपडा, भाँडाकुडा खरानी भएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

आगलागी हुँदा सात हजार पाँच सय नगद समेत जलेको छ । फौदे बुढाथोकीको कपडामा रहेको दुई हजार र उहाँको श्रीमतीले काफल बेचेर साँचेको पाँच हजार रुपियाँ टहरासँगै जलेको वडाध्यक्ष बुढाले उल्लेख गर्नुभयो । आगलागीमा परेर एक भैसी र एक गोरु घाइते भएका छन् । छिमेकीहरूले गोरु र भैंसीको उद्धार गरेर जोगाएको तर गम्भीर घाइते अवस्थामा रहेको बताइएको छ । तमाखु (कक्कर) सल्काउने बेला टहरा नजिक रहेको खरको भागमा आगो सल्लेको र टहरामा सल्केर आगलागी हुन गएको वडाध्यक्ष बुढाले बताउनुभयो । आगलागीबाट मानविय क्षति भने भएको छैन । स्थानीयले आगो नियन्त्रणमा ल्याएका छन् । उक्त टहरा (अस्थायी आवास) भूकम्प पनि सरकारले दिएको अनुदानको रकमले निर्माण गरिएको थियो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...