शुक्लाफाँटामा खरमजुर गणना

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न खरमजुरको गणना गरिएको छ । निकुञ्ज कार्यालयको समन्वयमा नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) र कञ्चनपुर पन्छी संरक्षण समूहले एक सातासम्म खरमजुर गणना गरेको हो । लोपको सँघारमा पुगेको यो प्रजातिका चराको सङ्ख्या, अवस्था पत्ता लगाउन हरेक वर्ष यसै बेला खरमजुर गणना गर्ने गरिन्छ । निकुञ्ज क्षेत्रमा खरमजुर गणना सम्पन्न भए पनि त्यसको रिपोर्ट आउन बाँकी रहेको सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताउनुभयो । “शुक्लाफाँटा निकुञ्ज कार्यालयको अनुमतिमा बिसिएनले खरमजुरको गणना गरिसकेको छ,” उहाँले भन्नुभयो, “यो वर्ष खरमजुरको अवस्था के कस्तो छ, त्यसको रिपोर्ट आउन अझै बाँकी छ ।”

पाटेबाघभन्दा पनि दुर्लभ भइसकेको खरमजुर तीव्र गतिमा हराइरहेका छन् । गत वर्ष वैशाखमा यो निकुञ्जमा पहिलो चोटि गणना गर्दा एउटा पनि खरमजुर भेटिएका थिएनन् । जेठमा दोस्रो पटक अवलोकन र ‘स्विप एन्ड सर्च’ विधिबाट गणना गर्दा मात्रै दुई पोथी र तीन भाले गरी पाँच वटा खरमजुर फेला परेका थिए । त्यसबेला शुक्लाफाँटाको घाँसे मैदानमा चार वटा र किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा एउटा पोथी खरमजुर देखिएका निकुञ्ज कार्यालयले जानकारी दिएको छ । यो वर्षको तथ्याङ्क अहिलेसम्म सार्वजनिक नभए पनि खरमजुरको अवस्था सन्तोषजनक नरहेको जनाइएको छ । खरमजुर घाँसमा बस्ने, लुक्ने गर्छ । सङ्ख्याको हिसाबले कम रहेकाले देख्नै मुस्किल हुने गर्छ तर प्रजनन सिजनमा भाले खरमजुर घाँसे मैदानमा २०/३० मिटरमाथि उफ्रेर नाच्ने गरेको बताइन्छ । योबेला खरमजुरको प्रजनन समय हो । नेपालमा शुक्लाफाँटासहित मुलुकका केही सीमित ठाउँमा मात्रै खरमजुर पाइने गरेको अभिलेख छ । सन् २०२१ मा शुक्लाफाँटामा सात वटा खरमजुर फेला परेका थिए । यसै गरी सन् २०२३ मा गणना गर्दा पाँच वटा खरमजुर अभिलेख भएका थिए ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...