गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

Published on

काठमाडौँ । बेनी नगरपालिका–२ मा गौशाला सञ्चालनका लागि स्थानीय दीपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको छ । गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र स्थापना तथा गिरिराजको मूर्ति निर्माण गर्ने उद्देश्यले वैशाख १५ देखि ३० गतेसम्म यहाँ सञ्चालन भएको महायज्ञमा जग्गाबाहेक नगद एक करोड पाँच लाख सङ्कलन भएको आर्थिक सङ्कलन उपसमितिका संयोजक हिराबहादुर थापाले राससलाई बताउनुभयो । बेनी नगरपालिका र वडा नं २ का जनप्रतिनिधिले गौस्वाराको पूर्वाधार निर्माणमा १५ लाख विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने ३८ फिट अग्लो गोवर्द्धन पर्वत आगामी छ महिनाभित्र पूरा गर्नेगरी निर्माण थालिएको छ । रासस

spot_img

ताजा समाचार

पहिरोले अवरुद्ध सडक पुनः सुचारु

काठमाडौं । शनिबार साँझबाट अबरुद्ध रवि–राँके–भेडेटार सडकखण्ड पुनः सञ्चालनमा आएको छ । अविरल वर्षाका...

ग्यास अभावको हल्लाले बाजुराका महिला दाउरा सङ्कलनमा जुटे

काठमाडौं । बजारमा ग्यास अभाव भएको हल्ला फैलिएसँगै बाजुराका अधिकांश ग्रामीण बस्तीका महिलाहरू दाउरा...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका...

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...