गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

Published on

काठमाडौँ । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी बालबालिका रहेको बताएको छ । नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले दक्षिणी गाजा पट्टीको अल–मवासीमा विस्थापित प्यालेस्टिनीहरूलाई शरण दिने पालहरूमा भएको बिहानको आक्रमणमा २२ जनाको मृत्यु भएको र कम्तीमा एक सय जना घाइते भएको बताउनुभयो ।

उत्तरी गाजाको जबालियाको एउटा घरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । सोही क्षेत्रको अल–अवदा अस्पतालमा क्षति भएको बताइएको छ । बासलका अनुसार अल–जवायदाको केन्द्रीय क्षेत्र र दक्षिणमा खान युनिसमा पनि मृत्यु भएको रेकर्ड गरिएको छ । इजरायली सेनाले शनिबार १९ महिनाभन्दा बढीको युद्धपछि हमास लडाकूहरूलाई परास्त गर्न गाजाभरि आफ्नो अपरेसन तीव्र पारिरहेको घोषणा गरेको छ । इजरायली सहायता नाकाबन्दीका कारण प्यालेस्टिनी क्षेत्रमा मानवीय अवस्था बिग्रँदै गएकोमा बढ्दो अन्तर्राष्ट्रिय चिन्ताका बीचमा यो अभियान अघि बढेको हो । रासस/एएफपी

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...