सगरमाथा संवादमा इलामको चिया पदर्शनी

Published on

कामठाडौँ । काठमाडौंमा भएको सगरमाथा संवाद कार्यक्रममा इलामको चियाको बजारीकरणका लागि प्रदर्शनीमा राखिएको छ । सगरमाथा संवाद कार्यक्रममा परराष्ट्र मन्त्रालय, नेपाल टुरीजम बोर्ड, सूर्योदय नगरपालिका र टी स्टेशन इन प्रा।लि।को समन्वयमा इलाम जिल्लासहित सूर्योदय नगरपालिका भित्रका १८ बढी उद्योगका चियाका सेम्पल प्रदर्शनीमा राखिएको हो । उक्त अवसरमा सहभागीलाई चियाको टेस्टिङ गराइएको छ । उक्त प्रदर्शनी सगरमाथा संवादको साइड इभेन्टका रुपमा गरिएको छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख बहादुर राई, नेपाल टुरिजम बोर्डका कार्यकारी निर्देशक दिपकराज जोसी र पराराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको पहलमा बिशेष गरी सूर्योदय नगरपालिका भित्रका १८ बढी चिया उद्योगले उत्पादन गरेका चिया प्रदर्शनीमा राखिएको सगरमाथा संवाद कार्यक्रममा सहभागी सूर्योदय नगरपालिकाका आर्किटेक इन्जिनियर सृजन गदालले जानकारी दिनुभयो ।

प्रदर्शनीमा सूर्योदय नगरपालिका भित्र उत्पादन भएका प्रिमियम क्वालिटिको ग्रीन टी, गोल्डेन चिया, अर्ली ग्रेटी, वाइट टी र कोल्ड आइस टी राखिएको टी स्टेशन इन प्रा।लि।का प्रज्ज्वल प्रधानले जानकारी दिनुभयो । उहाँले नेपालमै पहिलो पटक टुरीजम बोर्डले टोकन अफ लभ (मायाको चिनो) का रुपमा ब्रान्डिङ गरी ४०० प्याकेट प्रदर्शनीका लागि राखेको जानकारी दिनुभयो । प्रधानले चियाको बजारीकरणसँगै सूर्योदयका पर्यटकीयस्थलको समेत प्रचार–प्रसार गरी राखेको जानकारी दिनुभयो । चिया ब्यवसायी समेत रहनु भएका प्रधानले भन्नुभयो ‘एउटा चाइनिज वायर सम्पर्कमा आएको छ, स्वदेशी र अन्य देशका वायरसँग कुरा भइरहेको छ ।’ सूर्योदय नगरपालिकाका नगर प्रमुख राईले उक्त कार्यक्रममा राखिएको चिया पदर्शनीले चियाको बजारीकरणमा सहयोग पुगेको बताउनुभयो । पदर्शनीमा परराष्ट्रमन्त्री डा. आरजु राण देउवासहित बिदेशी कुटनीतिक नियोगका प्रतिनिधि, बिभिन्न मन्त्रालयका प्रनिनिधिसहित चियाका पारखीले अवलोकन गर्नुभएको छ ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...