सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

Published on

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले एक विज्ञप्ति जारी गर्दै आज रातिदेखि आगामी साउन ५ गते (सोमबार) सम्म भारी वर्षा हुन सक्ने पूर्वानुमानका आधारमा बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरेको हो।

वर्षाका कारण नदीमा पानीको सतह बढ्न सक्ने, भू–स्खलन तथा बाढीको सम्भावना रहेको भन्दै बीपी राजमार्ग र मध्यपहाडी राजमार्गमा यात्रा गर्दा विशेष ध्यान दिन प्रशासनले सवारी चालक तथा यात्रुहरूलाई सचेत गराएको छ। मौसम पूर्वानुमान महाशाखाले पनि यस अवधिमा अत्यधिक वर्षा हुने सम्भावना औँल्याउँदै स्थानीय सरकार, सुरक्षाकर्मी, सञ्चार माध्यम र नागरिकलाई आवश्यक सतर्कता अपनाउन आह्वान गरेको छ।

प्रशासनले बाढी, पहिरो वा अन्य विपद्‌जन्य जोखिम देखिएमा तत्काल स्थानीय प्रशासन वा प्रहरीसँग सम्पर्क गर्न समेत अनुरोध गरेको छ। जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्न भनिएको छ। सुनकोशी आसपासका क्षेत्र, खासगरी तल्लो बस्ती, खेतबारी तथा सडक किनारमा रहेका बासिन्दाहरूलाई राति सतर्क रहनु, बालबालिका र बृद्धबृद्धाको सुरक्षामा ध्यान दिनु, र आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा रहनु आवश्यक छ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...