कैलाली र कञ्चनपुरमा भारी वर्षा, खोला आसपास सतर्कता अपनाउन आग्रह

Published on

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा भारी वर्षा भएको छ। पछिल्लो ६ घण्टाको अवधिमा कञ्चनपुरको हनुमाननगरमा ७२.४ मिलिमिटर र दोधारामा ५९.६ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कैलालीको धनगढीमा पनि २०.६ मिलिमिटर वर्षा मापन गरिएको छ। भारी वर्षाका कारण खोलानाला आसपासका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। हाल पनि सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको विभागले जानकारी दिएको छ।

यसअघि मौसम पूर्वानुमान महाशाखाले मधेशबाहेकका प्रदेशमा दिउँसो र गण्डकीदेखि सुदूरपश्चिमसम्म राति ठूलो वर्षाको सम्भावना रहेको जनाएको थियो। तर विगत २४ घण्टाको तथ्यांकअनुसार कञ्चनपुर र पर्वतमा मात्र उल्लेख्य वर्षा भएको देखिएको छ। यस्तै, हिजो मधेश प्रदेशको सर्लाही र धनुषामा मध्यम वर्षा भएको महाशाखाको तथ्यांकमा उल्लेख छ। आज पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षाका कारण बाढी तथा पहिरोको जोखिम रहन सक्ने भएकाले सतर्क रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...