कैलाली र कञ्चनपुरमा भारी वर्षा, खोला आसपास सतर्कता अपनाउन आग्रह

Published on

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा भारी वर्षा भएको छ। पछिल्लो ६ घण्टाको अवधिमा कञ्चनपुरको हनुमाननगरमा ७२.४ मिलिमिटर र दोधारामा ५९.६ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कैलालीको धनगढीमा पनि २०.६ मिलिमिटर वर्षा मापन गरिएको छ। भारी वर्षाका कारण खोलानाला आसपासका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। हाल पनि सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको विभागले जानकारी दिएको छ।

यसअघि मौसम पूर्वानुमान महाशाखाले मधेशबाहेकका प्रदेशमा दिउँसो र गण्डकीदेखि सुदूरपश्चिमसम्म राति ठूलो वर्षाको सम्भावना रहेको जनाएको थियो। तर विगत २४ घण्टाको तथ्यांकअनुसार कञ्चनपुर र पर्वतमा मात्र उल्लेख्य वर्षा भएको देखिएको छ। यस्तै, हिजो मधेश प्रदेशको सर्लाही र धनुषामा मध्यम वर्षा भएको महाशाखाको तथ्यांकमा उल्लेख छ। आज पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षाका कारण बाढी तथा पहिरोको जोखिम रहन सक्ने भएकाले सतर्क रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ।

spot_img

ताजा समाचार

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...

प्रहरीको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित

काठमाडौँ - बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार...

महिला यू-१९ टी-२० विश्वकपका १५ खेल नेपालमा हुने

काठमाडौँ – नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकप...

साउदी अरबमा ड्रोन आक्रमणको प्रयासमा एक नेपालीसहित दुई श्रमिकको मृत्यु

काठमाडौँ – साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित...