एमाले बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा रोक्ने निर्णय, ओलीको एकल निर्णयशैलीको विरोध

Published on

काठमाडौँ – नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठक असहज माहोलमा मंगलबार मध्यरात टुंगिएको छ। बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा प्रवेश गर्न नदिने निर्णयप्रति नेताहरूबीच गहिरो मतभेद देखिएको थियो। अध्यक्ष केपी शर्मा ओलीले बैठकका क्रममा यस्तो निर्णय घोषणा गरेपछि उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र अन्य केही नेताले कडा असहमति जनाएका थिए।

बैठकका क्रममा कर्ण थापा बोलिरहँदा ओलीले बैठक सकिएको घोषणा गर्दै हिँडेका थिए भने, पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरणलाई अमान्य ठहर गरिएको थियो। उपाध्यक्ष पाण्डेले सहमतिमा निर्णय हुनुपर्ने तर्क गरे पनि ओलीले तत्काल निर्णय लिनुपर्ने भन्दै अस्वीकार गरेका थिए।

यता, अध्यक्ष ओलीले विधान संशोधनमार्फत तेस्रो कार्यकालको ढोका खोलेका छन्। एमालेको विधानमा रहेको दुई कार्यकाल र ७० वर्षे उमेर सीमा हटाउने निर्णयले ओलीको निरन्तर नेतृत्व सुनिश्चित भएको संकेत दिएको छ। तर, यस्ता निर्णयले पार्टीभित्र असन्तुष्टि बढाएको नेताहरूको बुझाइ छ।

बैठकमा नेतृ उषाकिरण तिम्सेनालगायतले ओलीलाई नेतृत्व हस्तान्तरणको माग गरेका थिए। उनीहरूले संस्थागत निर्णय, पुस्तान्तरण र सन्तुलित विधान निर्माणमा जोड दिँदै व्यक्तिकेन्द्रित पार्टी सञ्चालनको आलोचना गरे।

बैठक सकिएपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकार सम्मेलनमार्फत भण्डारीको राजनीतिक पुनःप्रवेश रोक्ने निर्णय सार्वजनिक गरे। यो निर्णयले पार्टीभित्रको गहिरिँदो असहजता अझ सतहमा ल्याएको छ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...