१४ वर्षमुनिको डाना कप फुटबलमा नेपाली टोलीको ऐतिहासिक उपाधि जित

Published on

काठमाडौँ – डेनमार्कमा सम्पन्न १४ वर्षमुनिको डाना कप फुटबल प्रतियोगिताको उपाधि नेपाली टोलीले हात पारेको छ। गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपाल संयुक्त रूपमा बनाएर पठाइएको नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचालेको हो।

हिजो सम्पन्न फाइनल खेलमा नेपाली टोलीले केन्याको टोलीलाई ३–० ले पराजित गर्दै उपाधि सुनिश्चित गर्‍यो। फाइनल खेलमा रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले गोल गर्दै टोलीलाई जित दिलाए।

यसअघि सेमिफाइनलमा नेपाली टोलीले यूएईको आईएफए स्पोर्ट्सलाई पनि ३–० को नतिजामा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। यो सफलता नेपाली उमेर समूहको फुटबलको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा देखिएको एक उल्लेखनीय उपलब्धि मानिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...