सिन्धुलीबाट हराएको हायू परिवार पोखरामा फेला, मजदुरी गर्न आएको भनाई

Published on

पोखरा – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट हराएको हायू परिवारका सबै १५ जना सदस्य कास्कीको पोखरास्थित गगनगौँडामा फेला परेका छन्। प्रहरीका अनुसार उनीहरूलाई पोखराको माथिल्लो गगनगौँडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा भेटिएको हो। कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिनुहुँदै, ती व्यक्तिहरूले मजदुरीको काम गर्न पोखरा आएको दाबी गरेका छन्। प्रहरी अनुसन्धानमा खुलेका अनुसार उनीहरू सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएका थिए र सुरुवाती एक रात होटलमा बसेर त्यसपछि स्थानीयको घरमा सरेका थिए। उनीहरूले करिब १४–१५ दिन बस्ने योजना बनाएको खुल्न आएको छ।

सिन्धुलीमा गत शुक्रबारदेखि सम्पर्कविहीन बनेको हायू परिवारको घर जलेको अवस्थामा भेटिएपछि घटनाले रहस्यमय मोड लिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा परिवारकी सदस्य सुजाता हायू काठमाडौंमा श्रीमान्सँग बस्दै आएको खुलिसकेको थियो भने अन्य १५ जना भने बेपत्ता रहेका थिए। प्रहरीले हाल ती सबैलाई इलाका प्रहरी कार्यालयमा ल्याउने प्रक्रिया अघि बढाएको छ। परिवारका सदस्यहरूमा आमा उर्मिला हायू (५२), छोरीहरू कमला, उषा, अस्मिता, शान्ता र ओम कुमारी, छोराहरू राजु, हिमाल, लालबहादुर, वेगबहादुर, लक्ष्मण, सुवर्ण, एक बुहारी कोमल माया हायू, एक बालक अर्जुन र रियासा हायू रहेका छन्।

सामूहिक रूपमा रहस्यमय ढंगले गाउँ छाडेर पोखरा पुगेको यो घटनाले स्थानीय तह र सुरक्षाकर्मीलाई केही समय अलमल्याएको थियो। यद्यपि अब उनीहरूको सुरक्षाका साथै उद्देश्यबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...