काठमाडौं । मनसुनको प्रभाव बढ्दै गएपछि देशका विभिन्न राजमार्ग तथा सडकमा राति सवारीसाधन सञ्चालन रोक लगाइएको छ। जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशव्यापी वर्षा हुने प्रक्षेपण गरेपछि काभ्रे जिल्ला प्रशासनले बीपी राजमार्ग ९काभ्रे भञ्ज्याङ–भकुण्डेबेँसी–सिन्धुली सडकखण्ड० मा राति सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। रोक असोज १६ गते राति ५ बजेदेखि असोज २१ गते बिहान ५ बजेसम्म लागु हुने जानकारी दिइएको छ।
त्यस्तै, हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा पनि आजदेखि तीन दिनसम्म बेलुकीको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार, कान्तिलोकपथमा असोज २० गते अपराह्न ४ बजेदेखि बिहान ६ बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन रोकिएको छ।
मनाङ–लमजुङ सडकमा पनि राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मनाङ जिल्ला प्रशासन कार्यालयले ठूलो वर्षाले जोखिम बढ्ने भएकाले राति यातायात सञ्चालनमा रोक लगाएको हो। मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार, मनाङ–लमजुङ सडकमा साँझ ६स्३० बजेदेखि बिहान ७ बजेसम्म सवारीसाधन चलाउन नपाइने व्यवस्था गरिएको छ।

