घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु

Published on

काठमाडौं । घानाको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अझै २ जना बेपत्ता रहेका छन् । घाना समुद्री प्राधिकरणका अनुसार यो घटना भोल्टा ताल क्षेत्रमा बुधबार भएको हो । डुङ्गामा कुल १४ जना यात्रु रहेका थिए । यात्राको क्रममा अचानक आएको खराब मौसमका कारण डुङ्गा पल्टिएको बताइएको छ । घटनापछि तत्काल उद्धार तथा खोजी कार्य सुरु गरिएको थियो, जसमा ५ जना पुरुषलाई जीवित उद्धार गरिएको छ । तर अधिकारीहरूका अनुसार ९ जना डुबेको आशङ्का गरिएको छ । 

हालसम्म ७ वटा शव फेला परेका छन्, जसमा २ जना महिला र ५ जना बालबालिका रहेका छन् । घाना नौसेना र समुद्री प्राधिकरणका डाइभरहरूको टोलीले अझै बेपत्ता रहेका २ जना-एक महिला र एक बालबालिकाको खोजी जारी राखेको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान पनि भइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...