पाँचथरमा बोलेरो दुर्घटना : पाँच जनाको मृत्यु

Published on

काठमाडौं । मोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिकेमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ६ जनालाई उद्धार गरिएको छ ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरानका लागि छुटेको बोलेरो जिप दुर्घटनामा परेको हो ।

मे १ ज ३०५५ नम्बरको जिप शनिबार बिहान तमोर करिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ रानीगाउँस्थित कात्तिकेमा सडकबाट करिब तीनसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिपमा चालकसहित ११ जना यात्रु सवार रहेको र पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य छ जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी थप उपचारका लागि धरानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी खेमराज घिमिरेले जानकारी दिनुभयो ।

घटनास्थलमा अझै उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ । घाइते र मृतकहरुको नाम वतन खुल्न नसकेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...