वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी–२० शृङ्खला जित्दै नेपाली क्रिकेटले रच्यो नयाँ इतिहास

Published on

काठमाडौँ । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्षेत्रमा फेरि एकपटक ऐतिहासिक सफलता हात पारेको छ। टेस्ट मान्यता प्राप्त टिम वेस्ट इन्डिजविरुद्ध पहिलोपटकको टी–२० द्विपक्षीय शृङ्खला जितेर नेपालले आफ्नो क्रिकेट इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेको हो।

संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा भएको तीन खेलको शृङ्खलामा नेपालले पहिलो दुई खेल जित्दै शृङ्खला कब्जा गर्‍यो। पहिलो खेलमा नेपालले १९ रनको जित हात पारेको थियो भने दोस्रो खेलमा बलियो प्रदर्शन गर्दै ९० रनको फराकिलो अन्तरले जित हासिल गर्‍यो। तेस्रो खेलमा १० विकेटले पराजित भए पनि नेपालले शृङ्खला २–१ ले जित्यो।

यो नेपालले आइसिसीको पूर्ण सदस्य राष्ट्रसँग खेलेको पहिलो द्विपक्षीय टी–२० शृङ्खला थियो, जसमा नेपाल विजयी भयो। वेस्ट इन्डिजले पहिलो रोजाइका खेलाडी नभए पनि विश्वभर चर्चित टी–२० लिग खेल्ने युवा खेलाडीहरूसँग नेपालले प्रतिस्पर्धा गरेको थियो।

शृङ्खलाभर नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन ग¥‍यो। पहिलो खेलमा कप्तान रोहित पौडेल र कुशल मल्लले संकटमोचक ब्याटिङ गरे। दोस्रो खेलमा आसिफ शेखले ६८ रन र सन्दीप जोराले ६३ रन बनाउँदै खेल जिताए। त्यस्तै, आदिल आलमले चार विकेट लिए भने कुशल भुर्तेलले उत्कृष्ट फिल्डिङ र तीन विकेट लिँदै चम्किए।

तेस्रो खेलमा हार बेहोरे पनि बलिङ र फिल्डिङमा कुशल भुर्तेल फेरि चम्किए, जसका कारण उनी प्रतियोगिताको ‘प्लेयर अफ द सिरीज’ घोषित भए। सन्दीप जोराले सबैभन्दा धेरै ८६ रन बनाउँदै प्रतियोगितामा नेपालको लागि प्रभावशाली योगदान दिए।

यस शृङ्खला जितसँगै नेपाल टी–२० विश्वकप एसिया छनोटका लागि उच्च मनोबलका साथ तयारीमा लागेको छ। अक्टोबर ८ देखि ओमानमा हुने छनोट प्रतियोगितामा नेपालले जापान र कुवेतसँग समूह चरणका खेल खेल्नेछ। नौ टिम सहभागी छनोटबाट शीर्ष तीन टिम विश्वकप खेल्नेछन्।

वेस्ट इन्डिजविरुद्धको शृङ्खला जितले नेपाली क्रिकेटको आत्मविश्वास बढाएको छ र अब नेपाल ठूला क्रिकेट राष्ट्रहरूसँग पनि प्रतिस्पर्धा गर्न सक्षम भएको सन्देश विश्वभर फैलिएको छ।

spot_img

ताजा समाचार

थिलथिलिएको विपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

 काठमाडौं । विपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको...

भत्केको बाँध नबन्दा सिँचाइबाट बञ्चित छन् किसान

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–३, गैडाटारमा सिँचाइका लागि निर्माण गरिएको बाँध भत्किएको एक वर्ष...

यात्रुलाई लुट्ने चार जना पक्राउ

काठमाडौं । नेपालगन्ज बसपार्कमा यात्रुहरूलाई धम्की, डरत्रास तथा हातपात गर्दै ५९ हजार रुपियाँ नगदसहित...

नासाको नयाँ मिसनः चन्द्रमातर्फ मानवताको ठुलो कदम

काठमाडौं । नासाको ‘आर्टेमिस-२’ मिसनका चार जना अन्तरिक्षयात्री शुक्रबार फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट चन्द्रमातर्फ...