झापाको भालुखोलामा डाइभर्सन पुनः निर्माणपछि ३५ घण्टापछि पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा

Published on

काठमाडौं, असोज २० – शनिवारदेखि परेको अविरल वर्षाका कारण भत्किएको झापाको भालुखोलास्थित डाइभर्सन पुनः निर्माण भएसँगै पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन सुचारु भएको छ। बाढीका कारण अवरुद्ध भएको उक्त सडक खण्ड ३५ घण्टापछि सञ्चालनमा आएको हो।

डाइभर्सन भत्किएपछि सवारीसाधनहरू वैकल्पिक भित्री सडकमार्ग प्रयोग गरी गन्तव्यतर्फ गइरहेका थिए। आइतवारदेखि नै डाइभर्सन मर्मत तथा पुनर्निर्माणको काम सुरु गरिएको थियो।

सोमबार बिहान ११ बजेदेखि सवारी आवागमन नियमित रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो। उहाँका अनुसार, बिहानैदेखि दुईवटा जेसिबीसहितका उपकरण प्रयोग गरेर निर्माण कार्य तीव्र बनाइएको थियो।

वर्षा घट्दै गएपछि झापाको जनजीवन पनि सामान्यतर्फ फर्किन थालेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...