सेती नदीमा अवैध उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा

Published on

काठमाडौँ । तनहुँ प्रहरीले अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर र ठूलो परिमाणमा लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार प्रहरीले छुट्टाछुट्टै दुई स्थानमा गरेको विशेष अपरेसनका क्रममा यी सफलता प्राप्त भएका हुन् ।

तनहुँको भिमाद नगरपालिका–७ सिस्नेरीस्थित सेती नदीमा अवैध रूपमा ढुङ्गा उत्खनन भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट प्रहरी टोली खटिएको थियो । मङ्गलबार बिहान करिब ८ः४५ बजेको समयमा पुगेको प्रहरी टोलीले ढुङ्गा लोड गरिसकेको ग १ त ३१७६ नम्बरको ट्याक्टर र ढुङ्गा लोड गर्दै गरेको अवस्थामा ग १ त ५८७५ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।  सूचना अधिकारी विकले अवैध उत्खननमा संलग्न ती ट्याक्टरहरूलाई आवश्यक कारबाहीका लागि भिमाद नगरपालिकाको कार्यालयमा पठाइएको जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...