कार दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

Published on

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका–१, संगाहामा कार दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सोमबार अपरान्ह सुनौलीदेखि रामपु तर्फ आउँदै गरेको बा १९ च ६६६१ नम्बरको कार कालीगण्डकी करिडोर सडकखण्ड अन्तर्गत सडक छेउको ढुङ्गामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले बताउनुभयो ।

उहाँका अनुसार घाइते हुनेहरुमा चालक रामपुर नगरपालिका–५ बेझाँड बस्ने ४० वर्षीय हम्जा खान, सोही स्थानका ३० वर्षीय रुक्साना खातुन, ३६ वर्षीय फारुख खान, १३ वर्षीय हम्दान खान, ४ वर्षीय फरदान खान र ६ वर्षीय इफरा खान रहेका छन् । घाइतेमध्ये रुक्सानाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...