गुणस्तर नपुगेको सडक पुनः ढलान गर्न बाध्य ठेकेदार कम्पनी, कावासोतीमा दुई महिनापछि पुनर्निर्माण

Published on

काठमाडौं । नवलपुरको सदरमुकाम कावासोती–१, लोकाहा ओरालोमा गुणस्तर मापदण्ड विपरीत निर्माण गरिएको सडक ठेकेदार कम्पनीले दुई महिनापछि पुनः ढलान गरेको छ।

दुई महिनाअघि निर्माण सम्पन्न भई रकम हस्तान्तरणको तयारी भइरहेका बेला गुणस्तर परीक्षणमा सडक असफल भएपछि कम्पनीले आफैँ सडक भत्काएर हटाएको थियो। अब सोही कम्पनीले पुनः ढलान गरी निर्माण कार्य अघि बढाएको कावासोती नगरपालिका–१ का कार्यवाहक अध्यक्ष ओम थापा मगरले जानकारी दिनुभयो।

काठमाडौँको पपुलर कन्स्ट्रक्सन प्रालिले करिब ५० लाख रुपैयाँको लागतमा १३५ मिटर लामो सडक निर्माणको जिम्मा लिएको थियो। उक्त सडक देवचुली र कावासोती नगरपालिकालाई जोड्ने चक्रपथ क्षेत्रभित्रको गौरवको आयोजना अन्तर्गत पर्छ।

नगरपालिकाको पूर्वाधार विकास शाखाका इन्जिनियर रञ्जित केसीका अनुसार, गिटी, बालुवा र सिमेन्टको अनुपात मिलाइएको थिएन, जसका कारण सडक ढलान गुणस्तरमा खरो उत्रिन सकेन। प्रयोगशालामा गरिएको परीक्षणमा सडक पूर्णतः असफल भएपछि, नगरपालिकाले रकम रोक्का गरी कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएपछि ठेकेदार कम्पनी पुनः निर्माणमा सहमत भएको हो।

सडक निर्माण कात्तिकमा सम्झौता भई चैत मसान्तभित्र सम्पन्न गर्ने शर्तमा काम थालिएको थियो। तर गुणस्तर नपुगेपछि, सोही कम्पनीलाई असोज मसान्तसम्म पुनः काम सम्पन्न गर्न समय सीमा दिइएको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो।

उनका अनुसार, कम्पनीले कुनै पेस्की रकम नलिएकोधरौटी रकम मात्र बुझाएको हुँदा थप प्रोत्साहनसहित म्यादभित्र काम सक्न भनिएको हो। नगरले कामको गुणस्तर सुनिश्चित गर्न पुनः निरीक्षण र मूल्यांकन गर्ने जनाएको छ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...