जलवायुका कारण विस्थापित नामासुङका कृषकलाई पाठशाला

Published on

काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,नामासुङका कृषक पासाङ गुरूङ व्यावसायिक र आधुनिक कृषितर्फ आकर्षण हुनुभएको छ । जलवायु परिवर्तनका कारण १८ वर्ष अगाडि सम्जुङ गाउँबाट विस्थापित भएर नामासुङमा बसाइसराइ गर्नुभएको पासाङ अन्नपूर्ण संरक्षण आयोजना एक्याप इलाका कार्यालय लोमान्थाङको कृषक पाठशालाका माध्यमबाट कृषि खेतीमा आर्कषित हुनुहुन्छ । पासाङजस्तै स्थानीय छेवाङ टसी गुरूङले कृषि, पशुपालनसँगै स्याउ खेती समेत लगाउनुभएको छ । कृषक पाठशालामार्फत हुने हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउने स्थानीयले जलवायु परिवर्तनका कारण झेल्नु परेको प्राकृतिक प्रकोपका कारण अबका दिनमा सास्ती खेप्नुनपर्ने गरी उन्नत बाली, फलफूल खेतीसँगै कृषि तथा पशुपालनमा सक्रिय छन् । आधुनिक कृषि तथा फलफुल खेतीको विधि र प्रक्रिया सिक्न पाएपछि स्थानीय उत्साहित छन् । नामासुङ गाउँमा एक्याप र लोमान्थाङ गाउँपालिकाले कृषि, पशुपालन र फलफुल खेतीमा बर्सेनि सहयोग गर्ने गरेको छ । १८ घरधुरीलाई स्थानीय पराम्परागत कृषि प्रविधिमा आधुनिकता, उन्नत तथा माटो सुहाउँदो उत्पादनलाई प्रोत्साहन गर्ने गरी नियमित सहयोग गर्ने गरिएको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो ।

‘‘सैद्धान्तिक र प्रयोगात्मक ज्ञानमार्फत आधुनिक कृषि खेतीमा जोड दिएका छौँ, स्थानीय र उन्नत जातको बालीको उत्पादनमा पूराना कृषकको अनुभवसहित तुलनासमेत गर्ने गरिएको छ ।’’ स्थानीय कृषकको क्षमता अनुसारको कृषि खेतीलाई प्रोत्साहन सहित अनुदानमा समेत प्राथमिकता दिएको प्रमुख पौडेलको भनाइ छ । नामासुङमा आलु, उवा, स्याउ खेतीको सम्भावना धेरै भएकाले खेतबारीलाई पाठशाला बनाएर सञ्चालित तालिमहरू प्रभावकारी देखिएको छ । स्थानीय गाउँ मुखिया पेमा छिरिङ गुरूङले खेतबारीलाई सिक्ने र सिकाउने थलो बनेकाले छोटो समयमा प्रगति भएको बताउनुभयो ।

एक बाली हुने उपल्लो मुस्ताङमा परम्परागत कृषि खेतीलाई रूपान्तरण गर्न बाली लगाउने तरिका, बिउ छनोट, नर्सरी र जमिनको व्यवस्थापनमा सघाइरहेको मुखिया गुरूङको भनाइ छ । राष्ट्रिय गौरवको जोमसोम–कोरला मुख्य सडकमार्गदेखि नजिकै छोसर खोलाको पूर्वतर्फ रहेको नामासुङमा सडकबाट करिब १० मिनेटको पैदलयात्रापछि पुगिन्छ । प्रत्येक घरधुरीलाई घर निर्माण गरी करिब १ सय रोपनीमा खेतीपाती गर्ने गरिएको छ । छोसेर खोलाको कटानबाट बस्ती संरक्षणसहित नियमित स्वास्थ्य परीक्षण लगायतका कार्यहरू समेत गर्ने गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...