पोखरा आउने पर्यटकलाई छुट

Published on

काठमाडौं — होटेल सङ्घ पोखराले हालको प्रतिकूल मौसमका बीच पोखरा भ्रमणमा आएका पर्यटकका लागि होटेल सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ।

सङ्घले बुधबार जारी गरेको विज्ञप्तिमा असोज १९ र २० गते सार्वजनिक बिदा दिइएकाले देशभरबाट पर्यटक पोखरा आउने सम्भावना रहेको उल्लेख गर्दै, मौसमजन्य विपद् वा अन्य कारणले अलपत्र परेका वा बेखर्ची भएका पर्यटकलाई निःशुल्क खान र बस्न व्यवस्था गरिएको जानकारी दिएको हो।

हालसम्म त्यस्तो अवस्थामा कोही पर्यटक सम्पर्कमा नआएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। उहाँका अनुसार पर्यटकलाई सहज महसुस गराउन सङ्घले विशेष राहत योजना ल्याएको हो।

सुवेदीका अनुसार दशैं टीकाको अघिल्लो दिनसम्म पोखराका होटेलमा करिब ३५ प्रतिशत भराइ रहेकामा अहिले त्यो घटेर १५ प्रतिशतमा झरेको छ।

जेनजी आन्दोलनका क्रममा पोखराका आधा दर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति पुगे पनि अधिकांश संरचना यथावत् रहेकाले पर्यटकका लागि सेवा सुचारु अवस्थामा रहेको उहाँले बताए।

हाल पोखरामा १,२०० वटा होटेल छन्, जसमा करिब ४०,००० बेड क्षमता रहेको सङ्घले जनाएको छ। सुवेदीका अनुसार पोखरा आउने आन्तरिक तथा विदेशी पाहुनालाई खानबस्नको कुनै समस्या छैन।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...