कुशल भुर्तेलको अर्धशतक र बलरको प्रभावशाली प्रदर्शनमा नेपाल विजयी

Published on

काठमाडौं — कुशल भुर्तेलको अर्धशतक र नेपाली बलरहरूको कसिलो प्रदर्शनको मद्दतले नेपालले आइसिसी टी–२० एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

बुधबार राति ओमानको अल अमिरातस्थित क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै सुपर सिक्स चरण प्रवेशको सम्भावना बलियो बनाएको हो।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको कुवेत १८.१ ओभरमै ८३ रनमा समेटियो।

कुवेतका ओपनर क्लिन्टो एन्टोले २६, यासिन पटेलले १९ र मीत भाब्सारले ११ रन बनाए। अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन असफल रहे।

नेपालका लागि ललित राजवंशी, रोहित पौडेल र सन्दीप लामिछानेले समान दुई विकेट लिए भने सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक–एक विकेट झारे।

यसअघि नेपालका ओपनर कुशल भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए। दीपेन्द्रसिंह ऐरीले १९ बलमा २० रन र कप्तान रोहित पौडेलले १६ रनको योगदान गरे।

कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले दुई–दुई विकेट तथा मोहम्मद आकिफ फरुकले एक विकेट लिएका थिए।

प्रतियोगितामा नौ टोली सहभागी छन्, जसलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्यूगिनी र सामोआ छन्।

प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’मा पुग्नेछन्। त्यसपछि सुपर सिक्सको शीर्ष तीन टोलीले भारत र श्रीलङ्काको संयुक्त आयोजनामा हुने आगामी वर्षको आइसिसी टी–२० विश्वकपमा स्थान बनाउने छन्।

नेपालले अब समूह चरणको दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...