जसपा सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Published on

काठमाडौं, असोज ३० – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रदेश संसदीय विकास कोषमार्फत सञ्चालित विभिन्न योजना कार्यान्वयनका क्रममा सार्वजनिक रकम दुरुपयोग गरिएको आरोपमा बिहीबार अदालतमा आरोपपत्र दायर गरिएको हो।

अनुसन्धानका क्रममा सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कुल रकममध्ये करिब २८ प्रतिशत, अर्थात ३८ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको ठहर गरिएको छ। अख्तियारले सोही अनुपातको बिगो समेत माग गर्दै मुद्दा अघि बढाएको छ। आरोपपत्रमा उल्लेख भएअनुसार, योजनाको नाममा रकम निकासा भए पनि सो अनुरूपको काम नभएको, अपूरा कामलाई पूर्ण देखाई भुक्तानी लिएको र कतिपय अवस्थामा समिति गठन नै अस्वाभाविक तरिकाले गरिएको पाइएको छ।

मुद्दामा सांसद सिंहसँगै धर्मशाला, मन्दिर सौन्दर्यकरण, कम्पाउन्ड वाल र सडक ग्राभेलिङजस्ता योजनाका लागि गठित विभिन्न उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र अन्य पदाधिकारीहरू पनि प्रतिवादीका रूपमा छन्। तीमध्ये धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवी, निर्माण उपभोक्ता समितिका अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारी, अधुरो कमलामाई मन्दिर तथा मालतमाईस्थानको कम्पाउन्ड वाल निर्माण समितिका अध्यक्ष रामानाथ सहनी र कोषाध्यक्ष स्विकृती देवी, माईस्थान मन्दिर सौन्दर्यकरण समितिका अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष विभा देवी खत्वे, कञ्जनियमाई मन्दिर सौन्दर्यकरण निर्माण समितिका अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेशकुमारी, देवी महारानी सौन्दर्यकरण निर्माण समितिका अध्यक्ष दिपाराज देवी राजपुत र कोषाध्यक्ष भिखारी राउत कुर्मी, साथै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका भुपेन्द्रकुमार झा, शम्भुकुमार मण्डल र मञ्जुदेवी पासमानसमेत छन्।

अख्तियारले सबै प्रतिवादीहरूलाई सार्वजनिक कोषको दुरुपयोग गरी व्यक्तिगत लाभ उठाएको, कार्य नगरी रकम निकासा गराएको वा अपूरा कार्यको गलत प्रमाण प्रस्तुत गरी राज्यलाई आर्थिक हानि पुर्‍याएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरेको छ। अब विशेष अदालतमा यी सबै प्रतिवादीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढ्नेछ।काठमाडौं, असोज ३० – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रदेश संसदीय विकास कोषमार्फत सञ्चालित विभिन्न योजना कार्यान्वयनका क्रममा सार्वजनिक रकम दुरुपयोग गरिएको आरोपमा बिहीबार अदालतमा आरोपपत्र दायर गरिएको हो।

अनुसन्धानका क्रममा सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कुल रकममध्ये करिब २८ प्रतिशत, अर्थात ३८ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको ठहर गरिएको छ। अख्तियारले सोही अनुपातको बिगो समेत माग गर्दै मुद्दा अघि बढाएको छ। आरोपपत्रमा उल्लेख भएअनुसार, योजनाको नाममा रकम निकासा भए पनि सो अनुरूपको काम नभएको, अपूरा कामलाई पूर्ण देखाई भुक्तानी लिएको र कतिपय अवस्थामा समिति गठन नै अस्वाभाविक तरिकाले गरिएको पाइएको छ।

मुद्दामा सांसद सिंहसँगै धर्मशाला, मन्दिर सौन्दर्यकरण, कम्पाउन्ड वाल र सडक ग्राभेलिङजस्ता योजनाका लागि गठित विभिन्न उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र अन्य पदाधिकारीहरू पनि प्रतिवादीका रूपमा छन्। तीमध्ये धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवी, निर्माण उपभोक्ता समितिका अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारी, अधुरो कमलामाई मन्दिर तथा मालतमाईस्थानको कम्पाउन्ड वाल निर्माण समितिका अध्यक्ष रामानाथ सहनी र कोषाध्यक्ष स्विकृती देवी, माईस्थान मन्दिर सौन्दर्यकरण समितिका अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष विभा देवी खत्वे, कञ्जनियमाई मन्दिर सौन्दर्यकरण निर्माण समितिका अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेशकुमारी, देवी महारानी सौन्दर्यकरण निर्माण समितिका अध्यक्ष दिपाराज देवी राजपुत र कोषाध्यक्ष भिखारी राउत कुर्मी, साथै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका भुपेन्द्रकुमार झा, शम्भुकुमार मण्डल र मञ्जुदेवी पासमानसमेत छन्।

अख्तियारले सबै प्रतिवादीहरूलाई सार्वजनिक कोषको दुरुपयोग गरी व्यक्तिगत लाभ उठाएको, कार्य नगरी रकम निकासा गराएको वा अपूरा कार्यको गलत प्रमाण प्रस्तुत गरी राज्यलाई आर्थिक हानि पुर्‍याएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरेको छ। अब विशेष अदालतमा यी सबै प्रतिवादीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढ्नेछ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...