बाँकेमा अवैध पटका र कुखुरा सहित तीन जना पक्राउ

Published on

काठमाडौं, बाँकेको जानकी गाउँपालिका–१, साईगाउँबाट अवैध रूपमा नेपाल भित्र्याइएका पटकासहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा भारत, बहराइच रूपैडिया निवासी २५ वर्षीय तशवर अली, ३२ वर्षीय मोहम्मद हसिन र ३० वर्षीय युनुस राई रहेका छन्। उनीहरूले साइकलमा राखेर भारतबाट नेपालतर्फ पटका भित्र्याइरहेका बेला पक्राउ गरिएको हो।

नाका नजिकै खटिएको प्रहरी टोलीले दुई वटा साइकलमा आएका उनीहरूलाई चेकजाँच गर्दा एक लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका पटका फेला परेको जानकारी दिएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, चाडपर्व नजिकिँदै जाँदा साइड नाकाहरूमा गस्ती कडा पारिएको र अवैध वस्तु आयात नियन्त्रणमा ल्याउने कार्य तिव्र बनाइएको बताइएको छ।

स्थानीय बासिन्दाका अनुसार दिपावलीको बेला नेपालगन्जमा पटकाको माग अत्यधिक हुने गर्छ। प्रहरीले आयातमा रोक लगाउँदै आए पनि अवैध रूपमा अन्य मार्गबाट पटका भित्र्याउने क्रम बढ्ने गरेको जनाइएको छ।

उनीहरूका अनुसार प्रत्येक वर्ष दिपावलीको तीन दिनसम्म नेपालगन्ज र आसपासका क्षेत्रमा ठूलो मात्रामा पटका पड्किएको आवाज सुनिने गरेको छ।

अवैध कुखुरा पनि नियन्त्रणमा

यसैबीच, प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएका कुखुरा पनि दुई स्थानबाट बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार खजुरा–२ बाट करिब ६ हजार रुपैयाँ बराबरका र जानकी गाउँपालिका–१, साईगाउँबाट १४ हजार रुपैयाँभन्दा बढी मूल्यका कुखुरा बरामद गरिएको हो।

डीएसपी पातलीले तिहार नजिकिँदै जाँदा सीमावर्ती क्षेत्र हुँदै अवैध वस्तुहरूको आयात बढ्ने गरेको जनाउँदै, नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाही कडा पारेको जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...