सर्लाहीको धनकौलमा खोलाले बगाएर एक बालिका बेपत्ता

Published on

काठमाडौं, सर्लाही जिल्लाको धनकौल गाउँपालिका–३ मा मनुष्मारा खोलाले एक बालिकालाई बगाएर बेपत्ता बनाएको छ। बेपत्ता बालिका सोनीकुमारी साह बिहीबार दिउँसोदेखि नै खोलामा गएर लुगा धुन र नुहाउनको क्रममा बगेर बेपत्ता भएकी हुन्।

इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईका अनुसार, घटना भएको बिहीबारदेखि नै खोजी अभियान चलिरहेको छ। बालिकाको खोजीका लागि महोत्तरीको बर्दीवासस्थित सशस्त्र प्रहरीको पृतनाबाट तालिम प्राप्त गोताखोरलाई पनि सहयोगका लागि लगिएको छ।

प्रहरी र स्थानीयबासीले बालिकाको खोजी निरन्तर जारी राखेको भए पनि हालसम्म उनको कुनै खबर नआएको डिएसपी भट्टराईले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...