धनतेरसका साथ तिहार आरम्भ, यमदीप दान पनि आजदेखि सुरु

Published on

काठमाडौं, कात्तिक १ गते – नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको पहिलो दिन धनतेरस आज देशभर पूजाआराधना गरी मनाइँदैछ। कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा नयाँ धातुका भाँडाकुँडा तथा सुनचाँदीका गहना किनेर घरमा राख्ने चलन रहेको छ।

साँझपख धनतेरसको पूजा गरिन्छ, र यही नयाँ भाँडाकुँडामा आउने लक्ष्मीपूजामा पनि प्रयोग गरिन्छ भन्ने धार्मिक मान्यता छ। वैदिक सनातन हिन्दू परम्पराअनुसार यस दिन पूजाआराधना गरे लक्ष्मी स्थायी रूपमा घरमा बस्छिन् भन्ने विश्वास छ। यही कारणले बजारमा आज भाँडाकुँडा र गहनाको किनमेलमा भीड लाग्ने गरेको छ।

धनतेरसलाई धन त्रयोदशी वा भाण्ड त्रयोदशीका नामले पनि चिनिन्छ। बजारमा तामा, पित्तललगायतका धातुका भाँडा पहिल्यैदेखि सजाएर राखिएको छ। विशेषगरी बिहानैदेखि भाँडाका पसलहरूमा ग्राहकको चाप बढेको देखिएको छ।

आजैदेखि यमपञ्चकको पनि सुरुवात भएको छ। साँझपख यमराजलाई प्रसन्न पार्न यमदीप दान गर्ने परम्परा रहेको छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार यसरी दीपदान गर्दा यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता छ।

यस दिन धनका अधिपति देवता कुबेरको जन्मोत्सवको रूपमा पनि विशेष पूजाआराधना गरिन्छ। कतिपयले आज कुबेरको पूजा गर्छन् भने, केहीले लक्ष्मीपूजाकै दिन पूजा गर्ने चलन पनि छ।

दशैँपछि मनाइने दोस्रो ठूलो चाड तिहार (दीपावली/यमपञ्चक) आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आजदेखि कार्तिक शुक्ल द्वितीयासम्म घर, कार्यालय र व्यापारिक प्रतिष्ठानहरूमा बत्ती बालेर दीपावली मनाइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार र धनवन्तरी जयन्ती आइतबार परेको छ। समितिले स्वीकृत गरेको पात्रोअनुसार आज धनतेरस पर्व र यमदीपदान प्रारम्भ हुने उल्लेख छ।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...