तिहार सुरु, बागलुङमा देउसीभैलो खेलाइ सुरु – प्रशासनको ९ बजेपछि निषेध

Published on

काठमाडौं कात्तिक १ — कात्तिक कृष्ण त्रयोदशीका दिन आज (शनिबार)देखि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार पर्व औपचारिक रूपमा सुरु भएको छ। तिहारको अवसरमा देशभर झैँ बागलुङमा पनि विभिन्न क्लब, समूह र युवाहरूले देउसीभैलो खेल्न सुरु गरेका छन्।

यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय बागलुङले एक सूचना जारी गर्दै पर्वलाई संस्कृति अनुरूप शान्तिपूर्ण ढंगले मनाउन आग्रह गरेको छ।

प्रशासकीय अधिकृत नारायण कार्कीद्वारा जारी सूचनामा देउसी–भैलो लगायतका सांस्कृतिक क्रियाकलाप गर्दा भाइचारा, आत्मीयता र परम्पराको सम्मान हुने गरी मनाउन अनुरोध गरिएको छ।

राति ९ बजेपछि देउसीभैलो निषेध

सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने स्पष्ट पारेको छ। साथै, सवारी साधनको छतमा यात्रा नगर्न, क्षमताभन्दा बढी यात्रु नबोक्न, र भाडाका सवारीमा अनावश्यक शुल्क असुली भएमा प्रहरीलाई खबर गर्न समेत सूचनामा आग्रह गरिएको छ।

पटाका, आतिशबाजीमा पूर्ण प्रतिबन्ध

प्रशासनले तिहारको क्रममा भुइँचम्पा, पटाका, आतिशबाजी जस्ता विस्फोटक तथा ज्वलनशील वस्तु प्रयोग नगर्न कडा चेतावनी दिएको छ। यस्ता सामग्रीको ओसार–पसार, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको र उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही हुने प्रशासनले स्पष्ट पारेको छ।

जुवा खेल र कृत्रिम अभाव नगर्न आग्रह

तिहारमा तास, कौडा लगायतका पैसा हार–जित हुने जुवाजन्य खेल गतिविधिमा संलग्न नहुन पनि सूचनामार्फत आग्रह गरिएको छ।

कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि जस्ता कार्य नगर्न पनि व्यवसायीलाई सचेत गराउँदै, यस्तो कार्यमा संलग्न देखिएमा कानुनी कारबाही गरिने उल्लेख छ।

प्रशासनले पर्व शान्तिपूर्ण, सुरक्षित र सांस्कृतिक मर्यादा अनुसार मनाउन सबै पक्षलाई सहयोग गर्न आह्वान गरेको छ।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...