इरान र भारतविरुद्ध मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टोली घोषणा

Published on

काठमाडौं, कात्तिक १ — इरान र भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली महिला फुटबल टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्रा भण्डारी ‘साम्बा’ को कप्तानीमा टोली घोषणा गरेको हो।

नेपालले कात्तिक ७ गते इरान र १० गते भारतसँग सिलोङमा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।

युवा खेलाडीलाई पनि मौका

घोषित टोलीमा यु–२० राष्ट्रिय टोलीका पूर्णिमा राई र मिना देउवालाई समेत समावेश गरिएको छ।

टोलीको मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रशिक्षणमा रहेका खेलाडीहरूमध्येबाट अन्तिम टोली छनोट गर्नुभएको हो।


नेपाली महिला टोली:

  • सावित्रा भण्डारी (कप्तान)
  • अनिता बस्नेत
  • अन्जना राना मगर
  • एन्जिला तुम्बापो सुब्बा
  • बिमला बिक
  • दिपा शाही
  • हिरा कुमारी भुजेल
  • मनमाया दमाई
  • मिना देउवा
  • निशा थोकर
  • प्रीति राई
  • प्रतिक्षा चौधरी
  • पूजा राना
  • पूर्णिमा राई
  • रश्मी कुमारी घिसिङ
  • रेखा पौडेल
  • रेनुका नगरकोटी
  • सबिता राना मगर
  • सजनी थोकर
  • समीक्षा घिमिरे
  • सरस्वती हमाल
  • सरु लिम्बु
  • उषा नाथ
spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...