धौलागिरी पदमार्गमा हराएका पर्यटक र पथप्रदर्शक २४ घण्टापछि फेला

Published on

काठमाडौं , धौलागिरी चक्रीय पदमार्गमा पदयात्रा गर्ने क्रममा हराएका एक नेपाली पथप्रदर्शक र जर्मन नागरिक २४ घण्टापछि भेटिएका छन्। उनीहरू म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीस्थित धवलागिरी हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने थम्पुस पिक तर्फ जाँदै थिए।

शुक्रबार रातिदेखि सम्पर्कविहीन उनीहरू शनिबार राति मुस्ताङ प्रहरीले घरपझोङ गाउँपालिका–३ स्याङमा फेला पारेको छ। भेटिएका जर्मनीका ३२ वर्षीय दामिनो डेल्फाप्लो र नेपाली पथप्रदर्शक मिमा शेर्पा शनिबार राति ९ बजे घरपझोङ पुगेका थिए।

सेभेन समिट ट्रेकिङमार्फत पदयात्रा गरेका उनीहरू राति बाटोबाट भट्किएर जंगलतर्फ लाग्दा हराएको बुझिएको थियो। खोजीका लागि ट्रेकिङ कम्पनीले हेलिकोप्टरसमेत परिचालन गरेको थियो। भेटिएका दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...