दाङको राजाकोट क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

Published on

काठमाडौं , दाङीशरण गाउँपालिका–२ अन्तर्गत पर्ने राजाकोट पछिल्लो समय पर्यटकहरूका लागि लोकप्रिय गन्तव्यको रुपमा उदाइरहेको छ। यहाँबाट दाङको विस्तृत भूभागसँगै सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रे लगायतका हिमालहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। साथै, राजाकोटबाट बबई, राप्ती नदी र बाँके जिल्लाका विभिन्न क्षेत्रहरू पनि अवलोकन गर्न मिल्नेछ।

गोल्टाकुरी निवासी प्रकाश डाँगीका अनुसार, “राजाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थल हो र यसलाई पर्यटकीय विकासको केन्द्र बनाउने ठूलो सम्भावना छ।”

स्थानीय चक्रमिलन विश्वकर्मा बताउँछन् कि राजाकोट क्षेत्र ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण छ, जहाँ पूर्वमा दङ्गीशरण राजाले औलो लगाएर बस्ने गरेको विश्वास गरिन्छ। त्यस्तै, उक्त ठाउँमा टेलिकमको पुरानो टावर पनि अवस्थित छ।

गोल्टाकुरीबाट करिब पाँच किलोमिटर पैदल यात्रा गरेर पुगिने राजाकोटले छिमेकी जिल्लाका नागरिकहरूलाई समेत आकर्षित गरेको छ। स्थानीय देवीराम कुसारीले बताएअनुसार, यहाँ नजिकै रहेको तिलकन्या नाका, जुन रुकुम, सल्यान र रोल्पाका मानिसहरूले प्रयोग गर्ने गरेका छन्, यस क्षेत्रलाई थप महत्वपूर्ण पर्यटकीय स्थल बनाउँछ।

शनिबार विभिन्न स्थानका पर्यटकहरूले राजाकोटमा ‘हाइकिङ’ समेत गरेका थिए। दङ्गीशरण गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीले यस क्षेत्रलाई पर्यटकीय विकासका लागि पहल भइरहेको बताएका छन्।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...