इजरायली द्वन्द्वमा ज्यान गुमाएका विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

Published on

काठमाण्डौ, कात्तिक ४

कञ्चनपुरका विपिन जोशीको मंगलबार महाकाली नदी किनारको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। इजरायलमा “सिक्दै सिकाउँदै” कार्यक्रमअन्तर्गत पुगेका जोशीको हामास र इजरायलबीचको द्वन्द्वमा ज्यान गएको थियो।

शवमा सशस्त्र प्रहरीको सलामी अर्पणसहित चितामा दागबत्ती दिइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो।

श्रद्धाञ्जलीका क्रममा इजरायली राजदूत, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, प्रमुख जिल्ला अधिकारी, कूटनीतिक नियोगका पदाधिकारी, स्थानीय बासिन्दा, परिवारजन, र शुभेच्छुकहरू उपस्थित थिए।

विपिन २०८० असोजमा इजरायल गएका थिए। तर, द्वन्द्वमा परी मृत्यु भएपछि कूटनीतिक पहल कमजोर हुँदा दुई वर्षसम्म जानकारी नपाएको परिवारले जनाएको छ। असोज २७ गते मात्रै परिवारलाई विपिनको मृत्युबारे आधिकारिक सूचना आएको हो।

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...