सम्पादक भवानीप्रसाद सुवेदीलाई पितृशोक

Published on

काठमाडौं, कात्तिक ४
मुनाका सम्पादक भवानीप्रसाद सुवेदीलाई पितृशोक परेको छ। उहाँका पिता पुण्यप्रसाद सुवेदीको कात्तिक १ गते काठमाडौँको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा ९३ वर्षको उमेरमा निधन भएको हो।

विसं १९९० साल भदौ ३० गते भोजपुरमा जन्मिनुभएका सुवेदी झापाको कमल गाउँपालिका हुँदै हाल भक्तपुरको मध्यपुर थिमी, लोकन्थलीमा बसोबास गर्दै आउनुहुन्थ्यो।

उहाँले झापामा शिक्षा र समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको थियो। नवदुर्गे विद्यालयका संस्थापक सदस्य तथा सञ्चालक समितिका अध्यक्षका रूपमा उहाँ सक्रिय रहनुभएको थियो। त्यस्तै, नरेन्द्र जनता माविसहित अन्य विद्यालयको सञ्चालकका रूपमा समेत उहाँले काम गर्नुभएको थियो।

शिक्षा र समाजसेवामा लामो समय सक्रिय रहेका पुण्यप्रसाद सुवेदीका दुई छोरा र तीन छोरी छन्।

spot_img

ताजा समाचार

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...