सम्पादक भवानीप्रसाद सुवेदीलाई पितृशोक

Published on

काठमाडौं, कात्तिक ४
मुनाका सम्पादक भवानीप्रसाद सुवेदीलाई पितृशोक परेको छ। उहाँका पिता पुण्यप्रसाद सुवेदीको कात्तिक १ गते काठमाडौँको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा ९३ वर्षको उमेरमा निधन भएको हो।

विसं १९९० साल भदौ ३० गते भोजपुरमा जन्मिनुभएका सुवेदी झापाको कमल गाउँपालिका हुँदै हाल भक्तपुरको मध्यपुर थिमी, लोकन्थलीमा बसोबास गर्दै आउनुहुन्थ्यो।

उहाँले झापामा शिक्षा र समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको थियो। नवदुर्गे विद्यालयका संस्थापक सदस्य तथा सञ्चालक समितिका अध्यक्षका रूपमा उहाँ सक्रिय रहनुभएको थियो। त्यस्तै, नरेन्द्र जनता माविसहित अन्य विद्यालयको सञ्चालकका रूपमा समेत उहाँले काम गर्नुभएको थियो।

शिक्षा र समाजसेवामा लामो समय सक्रिय रहेका पुण्यप्रसाद सुवेदीका दुई छोरा र तीन छोरी छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...