वरिष्ठ अभिनेता–निर्देशक असरानीको निधन

Published on

काठमाडौं, कात्तिक ४

भारतीय सिनेमाका चर्चित हास्य अभिनेता तथा निर्देशक गोवर्धन असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहनुभएका असरानीको सोमबार मुम्बईस्थित निधि अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन् १९४१ जनवरी १ मा जयपुरमा जन्मिएका असरानीले १९६० को दशकमा फिल्मी यात्रा सुरु गर्नुभएको थियो। करिब चार सयभन्दा बढी चलचित्रहरूमा अभिनय गर्दै उहाँले बलिउडमा विशेष हास्य अभिनेता रूपमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको थियो।

सुपरहिट फिल्म शोले मा “अंग्रेजहरूको जमानाको जेलर” पात्रमार्फत दर्शकमाझ विशेष चर्चामा आएका असरानी खट्टा मीठा, चुपके चुपके, बावर्ची जस्ता थुप्रै चर्चित फिल्महरूमा देखापर्दै हास्य भूमिकामा अमिट छाप छोड्न सफल भएका थिए।

उहाँले अभिनेत्री मन्जु बंसल इरानीसँग विवाह गर्नुभएको थियो, र दुवैजना धेरै फिल्महरूमा सँगै अभिनय पनि गरेका थिए। सन् २००४ मा भारतीय राष्ट्रिय कांग्रेसमा आवद्ध भई राजनीतिमा समेत सक्रिय सहभागिता जनाउनुभएका असरानी बहुप्रतिभाशाली कलाकारका रूपमा चिनिन्थे।

लामो संघर्षपछिको सफलताको यात्रा गुड्डी फिल्मबाट सुरु भएको असरानी भारतीय सिनेमामा सदैव सम्झन लायक हास्य पात्रका रूपमा अमर रहनेछन्।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...