वरिष्ठ अभिनेता–निर्देशक असरानीको निधन

Published on

काठमाडौं, कात्तिक ४

भारतीय सिनेमाका चर्चित हास्य अभिनेता तथा निर्देशक गोवर्धन असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहनुभएका असरानीको सोमबार मुम्बईस्थित निधि अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन् १९४१ जनवरी १ मा जयपुरमा जन्मिएका असरानीले १९६० को दशकमा फिल्मी यात्रा सुरु गर्नुभएको थियो। करिब चार सयभन्दा बढी चलचित्रहरूमा अभिनय गर्दै उहाँले बलिउडमा विशेष हास्य अभिनेता रूपमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको थियो।

सुपरहिट फिल्म शोले मा “अंग्रेजहरूको जमानाको जेलर” पात्रमार्फत दर्शकमाझ विशेष चर्चामा आएका असरानी खट्टा मीठा, चुपके चुपके, बावर्ची जस्ता थुप्रै चर्चित फिल्महरूमा देखापर्दै हास्य भूमिकामा अमिट छाप छोड्न सफल भएका थिए।

उहाँले अभिनेत्री मन्जु बंसल इरानीसँग विवाह गर्नुभएको थियो, र दुवैजना धेरै फिल्महरूमा सँगै अभिनय पनि गरेका थिए। सन् २००४ मा भारतीय राष्ट्रिय कांग्रेसमा आवद्ध भई राजनीतिमा समेत सक्रिय सहभागिता जनाउनुभएका असरानी बहुप्रतिभाशाली कलाकारका रूपमा चिनिन्थे।

लामो संघर्षपछिको सफलताको यात्रा गुड्डी फिल्मबाट सुरु भएको असरानी भारतीय सिनेमामा सदैव सम्झन लायक हास्य पात्रका रूपमा अमर रहनेछन्।

spot_img

ताजा समाचार

थपिए साढे पाँच हजार मतदाता

काठमाडौं । सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर...

पोखराका सडक छिट्टै ताररहित हुँदै

काठमाडौं । पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै...

बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन्

काठमाडौं । विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको...

ऋण लिएर बनाएको संरचना अलपत्र

काठमाडौं । ऋण लिएर बनाएको ऐतिहासिक संरचना सात वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले...