गुठिचौर गाउँपालिकाद्वारा सरकारी सवारीसाधनको व्यक्तिगत प्रयोगमा प्रतिबन्ध

Published on

काठमाडौं, कात्तिक ५

जुम्लाको गुठिचौर गाउँपालिकाले सरकारी सवारीसाधनको व्यक्तिगत प्रयोजनमा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। अबदेखि पालिकाको आधिकारिक कामबाहेक अन्य प्रयोजनमा कुनै पनि सरकारी सवारी प्रयोग गर्न नपाइने व्यवस्था गरिएको हो।

गाउँपालिकाले सवारीसाधन एकीकृत रूपमा कार्यालयमै राख्ने व्यवस्था गरेको छ भने प्रयोग गर्नुअघि लगबुक अनिवार्य रूपमा भर्ने नियम लागू गरेको छ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले यो कदम सुशासन प्रवर्द्धनसार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न उठाइएको बताउनुभयो। “सरकारी सवारी जनताको सेवामा हो, व्यक्तिगत सुविधाका लागि होइन,” उहाँले भन्नुभयो।

अध्यक्ष बुढाले स्वयं पनि सवारी प्रयोग नगर्ने निर्णय गरिसक्नुभएको छ। उहाँका अनुसार यस निर्णयले इन्धन खर्चमा कटौती हुनुका साथै सरकारी सम्पत्तिको संरक्षणमा सहयोग पुग्नेछ।

यस निर्णयपछि कर्मचारीहरू निजी सवारी साधन किन्नतर्फ आकर्षित भएका छन्। सरकारी सवारी फिर्ता गरेपछि दैनिक कार्यमा असुविधा हुने भन्दै केही कर्मचारीले मोटरसाइकल, स्कुटर आदि किन्न थालेका छन्।

पालिका अन्तर्गतका सबै शाखामा यो नीति लागू हुने जनाइएको छ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...