युगान्डामा दुई बस एकआपसमा ठोक्किँदा ६३ जनाको मृत्यु

Published on

काठमाडौँ, कात्तिक ५

युगान्डाको प्रमुख कम्पाला–गुलु राजमार्गमा बुधबार बिहान भएको दुई बसबीचको ठक्करमा परी कम्तीमा ६३ जनाको ज्यान गएको युगान्डा प्रहरीले जनाएको छ। दुर्घटना मध्यरातपछिको समयमा भएको हो।

प्रहरीद्वारा सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत सार्वजनिक गरिएको विज्ञप्तिअनुसार दुर्घटना ओभरटेक गर्ने क्रममा भएको हो। बस चालकहरूमध्ये एकले ठक्करबाट जोगिन प्रयास गर्दा सन्तुलन गुमाएर बस पल्टिएको र त्यसपछि अरू चारवटा सवारीसाधन पनि चेन रियाक्सनमा परेर दुर्घटनामा संलग्न भएका थिए।

विज्ञप्तिमा भनिएको छ, “दुर्घटनामा संलग्न सवारीसाधनमा रहेका सबै यात्रुसहित ६३ जनाको मृत्यु भएको पुष्टि भएको छ।”

धेरै यात्रु गम्भीर घाइते भएको र उनीहरूलाई किर्याण्डोङ्गो अस्पताल तथा नजिकका स्वास्थ्य संस्थाहरूमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। यद्यपि, घाइतेको संख्या र अवस्थाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

युगान्डामा यसअघि पनि ओभरटेककै कारण ठूला सडक दुर्घटनाहरू भइरहेका भन्दै प्रहरी प्रवक्ताले चालक र यात्रु दुवैलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

spot_img

ताजा समाचार

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...

नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट

काठमाडौं । नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार...