आगलागीबाट जलेर घर नष्ट

Published on

 काठमाडौं । जुम्लाको पातारासीमा आगलागीबाट जलेर घर नष्ट भएको छ । पातारासी गाउँपालिका –४ डिल्लीचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । 

आगलागीबाट स्थानीय बिन्दराम विकको दुई तले घरमा विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयको भनाइ छ । आगलागीबाट करिब १९ लाख ९० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालका अनुसार आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुन, नगद तथा अन्य सम्पूर्ण घरायसी सामग्री जलेर नष्ट भएको छ । 

घरमा पालिएका चारवटा बाख्रा र दुईवटा खरायो पनि जलेको उहाँले बताउनुभयो ।  बिहान करिब ४:५० बजे घरबाट धुवाँको मुस्लो निस्किएपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए ।

आगलागी पछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा करिब चार घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आगलागीपछि पीडित बिन्दाराम विकको परिवार घरविहीन भएको छ । हाल उहाँको परिवार छिमेकीकोमा आश्रय लिएर बसिरहेको छ ।  लत्ताकपडा र अन्नपात सबै जलेकाले उहाँहरुलाई तत्काल राहतको आवश्यकता रहेको स्थानीयको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...