कैलालीमा तीन बालिकाको पानीमा डुबेर मृत्यु

Published on

काठमाडौं । कैलालीको जानकी गाउँपालिकामा तीन बालिकाको पानीमा डुबेर मृत्यु भएको छ। रानी जमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरिया नदीमा पौडी खेल्ने क्रममा उनीहरूको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार मृत्यु हुनेमा जानकी गाउँपालिका–५ नवलपुरकी १२ वर्षीया सुलोचना उपाध्याय, १० वर्षीया निषा बजगाई र ८ वर्षीया मानसी बजगाई रहेका छन्।

शुक्रबार मध्यान्ह पौडी खेल्ने क्रममा एक बालिका नदीमा डुबेपछि बाँकी दुई जना उद्धार गर्न जाँदा तिनै जना बेपत्ता भएका थिए। स्थानीयवासीले घटनास्थलमा पुगेर खोजी गरी टीकापुर अस्पताल पुर्‍याए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।

मृतक निषा र मानसी बजगाई दिदीबहिनी हुन्। तिहारको अवसरमा उनीहरू टीकापुर नगरपालिका–१ ब्लक नं. १० स्थित मामाको घर गएका थिए। सुलोचना उपाध्याय बजगाई दिदीबहिनीकी मामाकी छोरी थिइन्।

दिदीबहिनी जनजागृति माध्यमिक विद्यालय, टीकापुरमा कक्षा ५ मा अध्ययनरत रहेको विद्यालय स्रोतले जनाएको छ।

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...