झापामा विषालु सर्पदंशबाट ५ वर्षीय बालकको मृत्यु

Published on

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–७ लालपानीमा सर्पदंशबाट एक बालकको मृत्यु भएको छ। शुक्रबार अपराह्न घरनजिकै खेलिरहेको बेला ५ वर्षीय सक्षम तामाङलाई विषालु गोमन सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतक सोही स्थानका मनकुमार तामाङका छोरा हुन्।

सक्षमलाई दायाँ खुट्टामा सर्पले टोकेपछि तत्काल उपचारका लागि आफन्तहरूले बिर्ता सिटी अस्पताल लगेका थिए। बेहोस अवस्थामा अस्पताल पुगेका उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको सर्पदंश उपचार केन्द्र चारआली लैजाने क्रममा बेलुका नै उनको मृत्यु भएको हो।

घटनापछि आसपास क्षेत्रको खोजतलास गर्दा गोमन सर्प फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...