झापामा विषालु सर्पदंशबाट ५ वर्षीय बालकको मृत्यु

Published on

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–७ लालपानीमा सर्पदंशबाट एक बालकको मृत्यु भएको छ। शुक्रबार अपराह्न घरनजिकै खेलिरहेको बेला ५ वर्षीय सक्षम तामाङलाई विषालु गोमन सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतक सोही स्थानका मनकुमार तामाङका छोरा हुन्।

सक्षमलाई दायाँ खुट्टामा सर्पले टोकेपछि तत्काल उपचारका लागि आफन्तहरूले बिर्ता सिटी अस्पताल लगेका थिए। बेहोस अवस्थामा अस्पताल पुगेका उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको सर्पदंश उपचार केन्द्र चारआली लैजाने क्रममा बेलुका नै उनको मृत्यु भएको हो।

घटनापछि आसपास क्षेत्रको खोजतलास गर्दा गोमन सर्प फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...