अमेरिकाद्वारा नेपाललाई २६३ रनको लक्ष्य

Published on

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई २६३ रनको चुनौती दिएको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा आइतबार भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अमेरिकाले पहिले ब्याटिङ गरेको थियो। अमेरिकाका स्मित पटेल र मिलन्दु कुमारले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे। पटेलले सय बलमा नौ चौकाको मद्दतले ७५ रन बनाउँदा, मिलन्दुले ५० बलमा नटआउट ७० रन योगदान दिए।

नेपालले सुरुका १० ओभरमा कडाइका साथ बलिङ गरे पनि त्यसपछि अमेरिकी ब्याट्सम्यानहरूले लय समात्दै रन गति बढाएका थिए। निर्धारित ५० ओभरमा अमेरिकाले ६ विकेटको क्षतिमा २६२ रनको योगफल बनायो। नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा, सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे। अब नेपालले केही बेरमा लक्ष्य पछ्याउँदै ब्याटिङ थाल्नेछ। त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र युएई सहभागी छन्। हाल लिग–२ मा नेपाल १६ खेलबाट १२ अंकसहित सातौँ स्थानमा रहेको छ भने अमेरिका २० खेलमा २८ अंकसहित दोस्रो स्थानमा छ।

लिग–२ अन्तर्गत आठ राष्ट्रले नौ शृङ्खलामा जम्मा ३६ खेल खेल्ने छन्। शीर्ष चार टोली सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सोझै प्रवेश गर्नेछन्। नेपालको आजको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, गुलशनकुमार झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...